नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा विलय भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन्।
उता गृह मन्त्रालयले भने गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। औषधीय प्रयोजनका लागि गाँजामाथिको प्रतिबन्ध हटाउने गृह मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्ष पदमा हारेका कमल थापाले ‘नयाँ यात्रा’थालनी गर्ने चेतावनी दिएर पार्टीलाई फेरि विभाजनतर्फ लैजाने संकेत गरेका छन्।