थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्वअध्यक्ष राणाको भनाइ छ। पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको राणाले उल्लेख गरे।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयबाट फाइल अघि बढिसकेको छ। मन्त्रालयबाट कुलपतिसमक्ष सिफारिस गरिएको नामको सूची गएको एक हप्ता भइसकेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेता शेखर कोइरालालाई सत्ता गठबन्धन चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।
सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।