नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई घरघरमा गएर अपहरण गरेको आरोप लगाएका छन्। उनले भने, ‘सांसदहरूलाई बलजफ्ती अपहरण गरी तीन दिनदेखि थुनेर राखिएको छ।’
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै देशको मूल पार्टी भएको दाबी गरेका छन्। नेकपा एमालेले बुधबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहीले अलमल्याउने कोशिस गरे पनि त्यसले ठूलो फरक नपार्ने बताए।
माधवकुमार नेपालले ६९ वर्षको उमेरमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन्। आफू वरिष्ठ नेता रहेको नेकपा (एमाले) फुटाएर नेपालले नयाँ पार्टी खोलेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतभेद भएपछि एमाले फुटेको हो।
एमाले विभाजन भई नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले दल दर्ता प्रक्रियामा साथ नदिएका एमाले नेताहरूप्रति कुनै गुनासो नरहेको बताएका छन्।