उनीहरुले सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गरेका छन्। सतुंगलस्थित एक पार्टी प्यालेसमा अभियानमा आवद्ध पार्टीका प्रमुखहरूको बैठकले ११ असारमा निर्माण गरिएको केन्द्रीय समिति भंग गर्ने निर्णय पनि गरेको छ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने बताएका हुन्।
अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, 'कृषिको आधुनिकरण नै आजको आवश्यकता हो। हामीले कृषिको उत्पादकत्व बढाउन आवश्यक छ। त्यसकारण अहिले स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा जाऔं। जमिन तिम्रै हो, उत्पादन बढाऔं भन्ने अभियान चलाऔं।'
‘हामी नवलपुरमा सूर्यभक्त अधिकारीको सानो मचानजस्तो घर र बाँकी कटेरोहरूमा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं। अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अहर्याउनुभयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्न विषयका कुराहरू, उहाँका विचारलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। सायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनुहुन्न। तर प्रजातन्त्र त आउँछ नै।