समानुपातिकतर्फ उम्मेदवार बनेका केही नेताहरुले आगामी प्रतिनिधिसभामा प्रवेशका लागि सहज बाटो छानेका हुन्। यसरी सहज बाटो छान्नेहरुमा नेपाली कांग्रेसका अधिकांश नेताहरु छन्। नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुर, पूर्वउपसभापतिद्वय निधि र श्रेष्ठ, प्रवक्ता महत र केन्द्रीय सदस्य एंव प्रधानमन्त्री पत्नी आरजु छन्।
४ मंसिर हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरूको पनि उपस्थिति रहने छ।
पाँच प्रदेशले सात वर्षमा ४ सय ३७ विधेयक पारित गरे। तर, ती विधेयकमाथि पनि प्रयाप्त छलफल र अध्ययन हुन सकेन। जसले गर्दा तिनिहरूको कार्यान्वयनमा नै समस्या देखिने आशंका गरिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीति प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनले दुई पटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर थन्क्याएकी छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयक प्रमाणीकरणको १५ दिने संवैधानिक अवधि गुजारेर शितलनिवासमै थन्क्याएकी हुन्।