काठमाडौं जिल्लाका १२ स्थानीय तह (एक महानगर र ११ नगरपालिका) मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नौवटा स्थानीय तहमा एमाले र तीनवटामा नेपाली कांग्रेसले जित हात पारे। जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये माओवादीले दुई वडाध्यक्ष र ११ वडा सदस्यमात्र जितेको थियो।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन्।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न देशभरका प्रदेश समितिलाई परिपत्र गरेको छ।
सोमबार गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो।