कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।
नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आइतबारलाई सरेको छ। हिजो बिहीबार दर्ता भएको रिटको पेशी आजका लागि तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो।
स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनको नयाँ स्वरुप भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाका १६५ सिटमध्ये कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १७ जना महिला नेतृले टिकट पाउने निश्चितजस्तै छ। मुख्य राजनीतिक दलहरूले समानुपातिकतर्फ महिला नेतृहरूलाई समट्दै आए पनि यस पटक प्रत्यक्षतर्फ टिकट दिएका छन्।