कांग्रेसभित्र अभूतपूर्व एकताको जग हो– एमसीसी अनुमोदनको एजेन्डा। यसअघि देउवा नै प्रधानमन्त्री रहँदा भएको सम्झौता अनुमोदन गर्ने जिम्मेवारी घुमिफिरी देउवा नेतृत्वको सरकारलाई नै आएको थियो। जसलाई देउवा र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्रराष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गरे।
'प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो। उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो,' सो अवसरमा गृहमन्त्री खाणले भनेका थिए, 'सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो। सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ।'
सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।