वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।
गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए।
कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको हो।
खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्।
दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ,' नेता खनालले संसदमा भने।
प्रमुख प्रतिपक्षी दल भीम रावलले सरकारो नीति तथा कार्यक्रममा भरमार अंग्रेजी शब्दको प्रयोग गरिएको आरोप लगाएका छन्। उनले त्यस्ता शब्दलाई हटाएर सम्भव भएसम्म नेपाली भाषाकै शब्द प्रयोग गर्न माग गरेका छन्।
'ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ,' आगामी आवको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३९ मा उल्लेख छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
अस्ति मंगलबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको १४५ बुँदे नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो।