मुक्ति समाजले आज ३४औँ स्थापना मनाइरहँदा यसले कतिपटक केन्द्रीय महाधिवेशन गर्न सक्यो? कति पटक नेतृत्वमा नयाँ अनुहार देखिए? कति अगुवाले आफूलाई निखार्न र देखिने गरी प्रस्तुत हुन मौका पाए? उत्तर चित्तबुझ्दो छैन।
सुस्त, गतिहीन र योजनाहिन कांग्रेसलाई सबैले देख्ने–सुन्ने कांग्रेस बनाउन सकिन्छ भन्ने आशा र योजना बोकेका नेताहरु समूहमा हुनु नै शेखरका लागि सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति हो।
एकजना अधवैंशे युवाले दुःख व्यक्त गर्दै भने, ‘डालोमा सबै कुहिएको सुन्तला छ के गर्ने? जुन झिकेपनि कुहिएकै आउने हो। यिनै बुढाहरुलाई मात्र भोट हाल्नपर्ने। यस्ताबाट अब देश चल्दैन, कांग्रेस चल्दैन।
विद्रोहको सुरुआतमा इजलास नै बसेनन्। इजलास नबसी मुद्दा नसुनेको दोस्रो हप्तातिर नागरिक तहबाट अदालतको चर्को निन्दा हुन थाल्यो। अनुमान के छ भने त्यसपछि प्रधान न्यायाधीश र न्यायाधीशहरूले आन्तरिक सम्झौता गरे।
३० वर्षअघि गठन भएर पटकपटक फुट्दै र जुट्दै आएको अनि पूर्वपञ्चले मात्रै हाँकिरहेको पार्टीलाई प्रमुख शक्तिका रुपमा उभ्याउने जिम्मेवारी लिङ्देनको काँधमा आएको छ।
राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ। अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन।
दलहरुले आइन्दा आफ्ना अनुकूल हुने व्यक्तिलाई न्यायाधीश सिफारिस बन्द गर्नुपर्छ। न्यायाधीशको नियुक्तका लागि स्पष्ट आधार बनाउनुपर्छ। राजनीतिक गन्ध नआउने, राजनीतिक दलमा प्रत्यक्ष सम्बद्ध नभएका व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्छ।
कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन। लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ।