कसैले पनि सोभियत संघको आर्थिक, सैन्य र राजनीतिक अधोगति त्यति द्रुत गतिमा होला भनेर अनुमान नै गरेको थिएन। परिस्थिति सम्हाल्ने प्रयास गर्दागर्दै पनि गोर्वाचेभले झनै ध्वंस गरे।
पुस्तकालय दिवस मनाइरहँदा वर्तमान समयमा सामुदायिक विद्यालयमा पुस्तकालय छन् वा छैनन्? छन् भने ती पुस्तकालयको अवस्था कस्तो छ? नियमित रूपमा पुस्तकालय खुल्छ कि खुल्दैन? त्यहाँ भएका पुस्तक बालमैत्री, विद्यार्थीमैत्री छन् की छैनन्?
नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ।
राजनीतिज्ञले जनताको हितमा सोच्नुपर्ने हो। अनधिकृत रुपमा भइरेहका काम तथा निर्मित संरचनाले सहरको सुन्दरतामात्र बिगारेको छैन। नागरिकले पाउनुपर्ने सुविधा वा सहजताको उपभोग पनि गर्न पाएका छैनन्। यस्तो बेला जनप्रतिनिधिले नागरिकको हितमा बोल्नुपर्ने हो।
बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको कुरा गर्न कहिल्यै छोड्नुभएन। तर, आज ४० वर्षपछि फर्केर हेर्दा उहाँले परिभाषित गर्नुभएका कतिपय धारणाको तात्पर्य फेरिएको छ। आजको नेपाली समाजमा बीपी कोइरालाले भन्नुभए जस्तो प्रजातन्त्र, राष्ट्रियता वा समाजवाद कुनै पनि कुरो हुबहु प्रयोग गर्न सकिने देखिँदैन।
प्रदीप गिरीसँग प्रवासमा रहँदा लामो संगत भयो। उहाँसँग झण्डै सात–आठ वर्ष सँगैै बसेँ। उहाँ नेपाली कांग्रेसका विचारकमध्ये पहिलो व्यक्ति हुनुहुन्थ्यो। वीपी कोइरालाले पनि पत्याएको विचारक हो उहाँ।
अमेरिका र चीनबीचको महाशक्ति संघर्षमा दक्षिण एसिया तानिँदै जाँदा बाह्य स्वार्थ र प्रभावले यस उपमहाद्वीपको राजनीतिलाई जटिल बनाउँछन् भन्ने बुझ्नुपर्छ। त्यसैले भारतको निरन्तर रुपान्तरणका लागि नजिकका छिमेकी देश र हिन्द महासागर क्षेत्रमा शान्ति कायम गर्न कडा मिहिनेत गर्नुपर्नेछ।
संविधान निर्माणका क्रममा सर्वोच्च अदालतले ‘राइट टु नो भोट’ व्यवस्था गर्न सरकार, निर्वाचन आयोग र व्यवस्थापिका संसद्को नाममा निर्देशनात्मक आदेश दिइसकेको अवस्थामा राजनीतिक दलहरू यो माग सम्बोधन गर्न उत्साहित देखिँदैनन्।