ठूला र महत्वाकांक्षी योजनालाई अंकुश लगाउनु र कार्यपालिकासँग मुठभेडमा उत्रनुभन्दा सबै पक्षको आवाज सुनेर मुद्दालाई पुनरवलोकन गर्दै देश र जनतालाई स्वीकार्य हुने गरी मध्यमार्गी फैसला दिन सके सुनमा सुगन्ध हुनेछ।
सिर्जनशील अराजकता पहिचानको आन्दोलनको एक रुप हो। कुनैपनि आन्दोलन उत्पीडित, उपेक्षित र किनाराकृतको अधिकार वा उन्नतिको लागि हुन्छ। कुनै पनि सम्भ्रान्त वर्गको हितको लागि आन्दोलनको जरुरी हुँदैन। किनभने राज्यको शक्ति यहि वर्गसँग हुन्छ।
महिला र पुरुषबीच हुने असमान शक्ति सम्बन्धका कारण समाजमा महिला दोश्रो दर्जाको रुपमा दरिनु नै महिलामाथि गम्भीर अपराध र हिंसा हुनु हो। यथास्थितिमा रहेका सामाजिक, सांस्कृतिक र राजनीतिक सत्तामा पुरुष लिंगको महात्म्य स्थापित छ।
नेपाल समय मिडियाको यस पाँचौं वार्षिकोत्सवको शुभ अवसरमा नेपाल समय डटकम अनलाइन न्युज पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु। साथै गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपाल र तिब्बतका बीचमा अग्ला अग्ला हिउँले ढाकेका हिमाल मात्र छैनन्, ती हिमाल श्रृंखलामा क्रमभंगता सृजना गर्दै उत्तर तिब्बतबाट दक्षिण नेपालतर्फ बग्ने नदीहरुले बनाएका गल्छी पनि छन्। यस्ता गल्छी समुद्री सतहबाट तुलनात्मक रुपमा कम उचाइमा छन्।
दोस्रो स्थानीय तहको निर्वाचनले वर्तमान संविधानको मर्मअनुरुप संघीयता र लोकतन्त्रको कार्यान्वयनलाई संस्थागत गरेको छ। यसअघिका निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन तथा कार्य प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
सारा राज्यसंयन्त्र दलहरूले चलाउने बहुदलीय व्यवस्था भएपछि स्थानीय तह दलविहीन हुन सम्भव छैन। यसको लागि प्रचलित कानुन वा संविधानमै स्थानीय तह दलविहीन बनाउनुपर्ने व्यवस्था गर्नुपर्छ। त्यसो गर्दा पनि कहीँ न कहीँ दल हाबी हुन्छन्।