पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगर्ने परिपाटी सुधारका लागि प्रयास थालिसकेको शिक्षामन्त्रीको दाबी।
राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए।
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ।
बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीका हातमा पुस्तक पुर्याउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।