सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आव २०७७ ७८ को बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्ताव मन्त्रालयको नभएको दाबी गरेका छन्।
राज्यका लागि निकै टाउको दुखाइको विषय बनेको अस्थायी शिक्षक बल्लतल्ल व्यवस्थापन गरिनसक्दै सरकारले फेरि स्वयंसेवी शिक्षकका रुपमा ६ हजार कार्यकर्ता भर्ती गर्न खोजेर विद्यालय शिक्षालाई थप भद्रगोल बनाउन लागेको टिप्पणी उनीहरुको छ।