देशभरका स्कुल, कलेजमा अध्ययनरत झन्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई संरचनागत सुधारको बाटोमा लैजानैपर्छ। सरकारी शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गराएर गुणस्तरीय शिक्षा पाउनुपर्ने बालबालिकाको हकलाई राज्यले ग्यारेन्टी लिनुपर्छ। समयमै परीक्षाको नतिजा सार्वजनिक गर्ने र पाठ्यपुस्तक पाउने व्यवस्थाका लागि पहल जरुरी छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ ले मेलम्ची वडा नं ९, गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोपरामर्ष ज्ञान दिँदै सोमबहादुर तामाङ।
सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय।
मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको हो।
शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।