आइतबार, साउन २९, २०७९
नेपाल समय | मंगलबार, चैत २९, २०७८

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट वञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

नेपाल समय | मंगलबार, चैत २९, २०७८

चालकविहीन गाडी जब प्रहरी चेकिङमा पर्‍यो…

गत साताको अन्त्यतिर क्रुजको गाडी र प्रहरी अधिकारीबिच जम्काभेट भयो। यसको भिडियो पनि बाहिरियो। प्रहरी विभाग र ‘रोबोट्याक्सी’को उक्त भेट केही हदसम्म 'हास्यास्पद' पनि देखिएको छ। प्रहरीले क्रुजको ट्याक्सीलाई ‘हेडलाइट’ नबालेका कारण रोकेका थिए।

नेपाल समय | शुक्रबार, चैत ११, २०७८

मोबाइलको टावर खोज्‍न अग्लो स्थान धाउनुपर्ने बाध्यता

पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्‍चित छन्। मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ।

सृजना राई | सोमबार, चैत ७, २०७८

हेलो सरकार! कता गायब हो?

हेलो सरकारकै तथ्यांकले भन्छ, ०७६ सालदेखि ०७८ साल अवधिभर यहाँ १७ हजार ७ सय ६७ गुनासो दर्ता भएका छन्। त्यसमा ११ हजार २६९ गुनासो हेलो सरकारबाट फर्छौट पनि भएको छ। तर विडम्बना १.८५ प्रतिशत अर्थात् ३२९ गुनासो मात्र सम्बन्धित निकायबाट समाधान भएको देखिन्छ।

नेपाल समय | बुधबार, फागुन २५, २०७८

आर्थिक क्रियाकलाप नगर्ने युट्युब च्यानलले धरौटी राख्न पर्दैन : सञ्चारमन्त्री कार्की

'राष्ट्रिय प्रसारण (एघारौँ संशोधन), २०७८ ले युट्युबजस्ता डिजिटल प्लेटफर्म बनाई विज्ञापन लिई आर्थिक क्रियाकलाप पनि गर्ने भएकाले नियमनको दायरामा ल्याएको हो। स्वतन्त्र रूपमा आफ्ना विचार राख्ने, आर्थिक क्रियाकलाप नगर्ने आम प्रयोगकर्ताहरू यस नियमावलीअन्तर्गत नपर्ने जानकारी गराउन चाहन्छु,' मन्त्री कार्कीले भने।

नेपाल समय | आइतबार, फागुन २२, २०७८

‘सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने’

दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ। यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो।

नेपाल समय | शनिबार, फागुन २१, २०७८

फेसबुक, ट्विटर र युट्युबमाथि रुसले लगायो प्रतिबन्ध

"हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको लागि संगठित गर्न मानिसहरूका लागि उपलब्ध होऊन्,' विज्ञप्तिमा उल्लेख गरेका छन्।

नेपाल समय | शनिबार, फागुन २१, २०७८

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

प्राधिकरणको २४औँ वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध फोन नियन्त्रणमा ल्याउने प्रविधि सञ्चालनमा ल्याइने बताएका हुन्।

नेपाल समय | शुक्रबार, फागुन १३, २०७८

'नेपाली पात्रो'को सीईओमा सन्तोष देवकोटा नियुक्त

डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन्।

नेपाल समय | शुक्रबार, फागुन ६, २०७८

काठमाडौं उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना