ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानुनी लडाइँ सुरु गरेको छ। ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो।
राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन्। नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।
मैले 'अर्बिटल स्लट'बारे सोधेँ। हाम्रा सचिवदेखि लिएर इन्जिनियरले मेरो शब्दै बुझेनन्। अर्बिटल स्लट भनेको के हो? मैले दुई तीन पटक बताएपछि इन्जिनियरले बुझे। तर थाहा थिएन नेपालको अर्बिटल स्लट कहाँ छ!