खाद्य तथा पेय पदार्थको परीक्षण शुल्क यसअघि पनि महँगो थियो। उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्न भन्दै शुल्क घटाउनुपर्ने दबाब हुँदाहुँदै सरकारले बेवास्ता गरेको छ।
धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्।
‘प्राथमिकता त अनुगमनमा हुनुपर्ने हो,’ तिमिल्सिनाले भने, ‘परिस्थितिअनुसार जानकारी गराउनु स्वभाविक भएपनि म्याद नाघेका वस्तु बिक्री गरेको पाइएमा विभागले कारबाही गर्नबाट पन्छिनु हुँदैन।’
सूचनामा थप भनिएको छ, ‘उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले निषेध आदेशपछि त्यस्ता वस्तुको बिक्रीवितरण नहोस् भन्नेतर्फ उत्पादक, पैठारीकर्ता, वितरक, विक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार सजग र सचेत हुन जरुरी छ।’