च्याङ्ग्राको मासु प्रतिकेजी २७ सय रुपैयाँ पर्ने भएको छ। दसैंका लागि राजधानीमा ल्याइएको च्याङ्ग्रा जिउँदोको १३ सय रुपैयाँमा कारोबार भइरहेको चौपाया खरिदबिक्री संघ, कलंकीका अध्यक्ष दीपक थापाले बताए।
मासु व्यवसायीले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसि संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा पठाएको र मन्त्रालय मातहतबाट काम भइरहेको बताए।
सरकारले बजारमा केही खाद्यान्नको अभाव रहेको भन्ने कुरा भ्रमात्मक रहेको दाबी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै बजारमा खाद्यान्न अभाव नरहेको दाबी गरेको हो।
नेपाल सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना अनुसार खेतीयोग्य जिल्लाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना घोषणा गरेको छ। तर सरकारले घोषणा गरेअनुसार कृषि सामग्री कम्पनी लिमिटेडले मललगायतका आवश्यक कृषि सामग्री उपलब्ध गराउन सकेको छैन।