सपेरा अर्थात ‘बिन’ को धुनमा सर्पलाई लट्ठ बनाएर नचाउने एक समुदाय। कथा यहि सपेराको बस्तीको हो। तराई भेगको कुनै ठाउँमा अवस्थित जैपुन गाउँमा सपेराको बसोबास छ।
‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मासात् गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले।
नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।
सालै जो कार्पेट तथा गलैंचा पसल अगाडि उभिएर व्यापारी बृहस्पति (रोय श्रेष्ठ) ग्राहक बोलाइरहेका हुन्छन्। व्यापार चौपट छ। ग्राहक नआउँदा उनी निराश छन्। कोरोना महामारीका कारण व्यापार सेलाएको उनको दुखेसो छ।