नेपाली संगीत क्षेत्रमा महिनैपिच्छे जसोका गीत छन्। त्यसैमध्ये मालश्री पनि एउटा हो। यो धुन दसैंका बेला देशभरजसो गुञ्जिन्छ। त्यसैले मालश्रीको सम्बन्ध शरद ऋतुसँग छ।
'विदेसिएका युवालाई घरमा भएका आफन्तले गर्ने आग्रह गीतमा समावेश गर्न खोजिएको छ। पारिवारिक वार्तालाई माध्यम बनाइएको छ,' गीतकार सुवेदीले भने, 'यो गीतको कथा भोग्ने नेपालीको संख्या धेरै छ। उनीहरूले गीतलाई 'एसिमिलेट' गर्ने विश्वास लिएको छु।'