जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ। बादी महिला र बाइसे राजाको दुई पुस्ताले दरबारभित्र गरेको प्रेमलाई ऐतिहासिक पृष्ठभूमिमा छायांकन गरिएको छ।
न बिर्सें तिमीलाई बोलको नयाँ भर्सनमा सार्वजनिक भएको गीतका वास्तविक गायकगायिका अञ्जु पन्त र जगदीश समालको नाम नसमेटिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि गीतकार विपिन किरणले उनीहरुको नाम समावेश गर्ने भएका छन्।
बाल्यकालको धोको अहिले पुरा भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘जहाँ काम गरे पनि यो गीत याद आइरहन्थ्यो। र, १५ वर्षपछि पनि यो गीत पुरानो भएन। त्यसैले गीत रेकर्ड गरेकी हुँ।’
‘न्यु भर्सन’ को रुपमा ‘किरण क्रिएसन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतप्रति दर्शकको मिश्रित प्रतिक्रिया आएको छ। धेरैको प्रतिक्रया छ– पहिलेकै अर्थात् ओरिजिनल नै मिठो।
‘म एक भुटानी कम्युनिटीको अमेरिकामा बस्दै आएको नेपाली हुँ। गीत संगीतमा सानैदेखिको रुचि थियो। यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ। साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत 'किन यसरी'को जन्म भएको हो,’