‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, आओ यादहरु हो आओ’, आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भन न’ जस्ता हिट गीतका गायक जगदीश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलिज भएको छ।
भिडियो सार्वजनिक गर्नु केही दिनअघि उनले ट्विटरमै भनेका थिए, 'अक्सर हामी उत्तरको प्रतीक्षा गर्छौं। तर यसपालि तपाईंले एउटा प्रश्नको प्रतीक्षा गर्नुपर्ने भएको छ। किनकि पिर एउटा सिर्जना, एउटा गीत र एउटा भिडियोको साथसाथै एउटा प्रश्न पनि हो ! बेजोड प्रश्न !
२०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा आफ्नो सांगीतिक करियर तामाङ भाषाको गीतबाट सुरु गरेका थिए। पहिलोपटक उनले रेडियो नेपालमा गीत गाउन अवसर पाए। उनको सांगीतिक यात्राले विस्तारै बजार हुँदै दरबारसम्म पनि पुग्यो।