भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङले राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए।
स्टेज कार्यक्रममा कमै पुग्ने तिलक पेला यतिखेर आफ्नो आवाजको जादूले लाखौंको मन जितिरहेका छन्। उनी भन्छन्, ‘यो गजल कम्पोज गर्दा नै मेरो मन रोएको थियो। म डुबेको थिएँ यसमा।’
नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा सभ्यतासँगै कमल सिंहको अभिनय रहेको छ।
विभिन्न भाषा र जातिले अँगाल्दै–बचाउँदै आएको नेपाली रैथाने गीत संगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्न नसकिएकोले यस्तो अवस्था आएको गायिका झूमा लिम्बूले बताएकी छन्।