सीताराम राजूलाई आन्ध्र प्रदेशमा र कुमारम भीमलाई तेलंगनामा मानिसहरु भगवान् नै मान्छन्। विशेषगरी त्यहाँका आदिवासीका प्रिय पात्र हुन् यी। इतिहास खोज्ने हो भने यी दुवैले आ–आफ्ना ठाउँका आदिवासीलाई एकजुट गरेर न्यायको माग गर्दै तत्कालीन प्रशासनविरुद्ध लडेका रहेछन्।
सामाजिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर मौलिक फिल्म निर्देशन गर्न रूचाउने यादव चैत १७ गते बिहीबारदेखि सुरु हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ का संयोजक हुन्।
जिब्रोमा बलिउड अभिनेत्री रेखाको नाम आउँदा 'इन आँखो की मस्ती के मस्ताने हजारोँ है....' गीतको शब्द आफैँ याद आउँछ। आफ्नो जमानाकी सुन्दर नायिका रेखाका फ्यानहरुको कुनै कमी छैन।
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर फिल्म ‘अन्जिला’ निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो।