‘विश्वका विभिन्न देशदेखि भारतसम्ममा यसैगरी फिल्म चलाइएको थियो, हामीले पनि दर्शकको डिमान्ड आएपछि अचानक शो थप्यौं,’ उनले भने, ‘अफिस टाइम बितिसकेपछि अचानक शो थपेकाले बोर्डलाई जानकारी गराउन पाइएन। यो हाम्रो गल्ती भयो। तर, कानुन मिच्ने नियत थिएन।’
केएल टावरमा रहेको एफ क्यूबले राति वैशाख १ गते बिहानको राती १ बजे नै फिल्म चलाएको थियो। सिटी सेन्टरमा रहेको विग मुभिजले पनि राति तीन बजे फिल्म देखाएका थिए।
फिल्म 'केजीएफ २' कन्नड बाहेक हिन्दी, तमिल, तेलुगु र मलायालम भाषामा रिलिज भएको छ। फर्स्ट डे फर्स्ट शो हेरिरहेका मानिसहरूले सामाजिक सञ्जालमा 'केजीएफ च्याप्टर ३' को माग गरिरहेका छन्।
अब दर्शक चलचित्र 'आचार्य'को रिलिज मितिको पर्खाइमा छन्। आचार्यको ट्रेलर पनि भर्खरै सार्वजनिक भएको छ। रामचरण र चिरञ्जीवीको प्रस्तुति रहेको यो फिल्ममा धमाकेदार 'एक्सन' देखिने बताइएको छ। फिल्मको टिजरले यसको झलक दिएको पनि हो।
जीबबले गाएको प्रमोसन ¥यापको मेलोडी र म्युजिक बिट एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको ‘सेल सकको किल द नोइज’बाट चोरी गरेको पुष्टि भएको छ। यो अहिलेसम्म १७ करोडले सुनिसकेका छन्।
यशले नवाजुद्दीन सिद्दिकीलाई उत्कृष्ट अभिनेता मान्छन्। नवाजुद्दिनसँग बलिउडमा काम गर्ने उनको ठूलो घोको छ। यश शाहरुख खानलाई आफ्नो प्रेरणाको स्रोत मान्छन्। अमिताभ बच्चनलाई ‘एकदम भलादमी’ भन्छन्।