निर्देशक मीनबहादुर भामले निर्माण गर्न लागेको 'फिल्म अ इयर अफ कोल्ड' (चिसो वर्ष) ले ताइवानको प्रतिष्ठित संस्था ताइपेई फिल्म कमिसनबाट २.५ मिलियन डलर (करिब २९ करोड ८८ लाख ५२ हजार रुपैयाँ)को फन्ड प्राप्त गर्ने भएको छ।
त्यस्तै बसहमा निर्देशक दिपेन्द के खनालले नायक सर्वगुण सम्पन्न भएको पुरुष नै हुनु पर्छ भन्ने आम बुझाई रहेकोमा समयसँगै जाँदा आम मानिसलाई नै हिरो मान्दै आए र अहिले चलचित्र बनाउँदै गर्दा आफुले हरेक पात्र हिरो हुने बुझेको र त्यसरी नै प्रस्तुत गर्न थालेको बताए।
‘प्रेम व्यक्त भएपछि विक्रमले आफ्नो उद्देश्य परिवर्तन गर्न खोज्यो, यद्यपि, ऊ परिवर्तन हुन सकेन’, सन्दीप भन्छन्, 'यसै कारण यी दुईको प्रेम अवधि ४० दिन मात्र रह्यो।’
'एक था टाइगर' निर्देशन गरेर कबिरले सलमानलाई एक हिट फ्रेञ्चाइज दिएका थिए। फिल्म त सफल रह्यो नै, यसको सिरिजको प्रतीक्षामा दर्शक बस्न थाले। एजेन्ट र आएसआई एजेन्टको प्रेम कथालाई समेटिएको फिल्मले दर्शकको मन जित्यो।