‘नेपाल र भारतको सम्बन्ध जालोझैं जेलिएको छ र धर्म, संस्कृति, भाषा तथा संस्कारमा समानता छ, उसो भए भारतसँग धेरै कुरा मिल्छ भने नेपाल कसरी एक फरक राज्य हुन सक्छ?’
‘सकिन्छ भने दुईवटा भाषा अनिवार्य बुझ्ने कोसिस गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘एउटा संस्कृत र अर्को अंग्रेजी। संस्कृत भाषाले इतिहास र सभ्यताबारे बुझाउँछ। आधुनिक ज्ञानका लागि अंग्रेजी पढ्न जरुरी छ।'
'खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ। म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ,' उनले भने। मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाको प्रकटीकरण उनको लेखाइको मूल पक्ष हो।
गुलरियामा लेखकलाई बिदाइ गर्ने उनकी बालसखाको स्मरणले पनि बालसुलभ मनोविज्ञानलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। काठमाडौं जान लागेका लेखकलाई उनले भन्छिन्– मेरो कोही छैन। म एक्ली हुन्छु। मलाई रामलाल मन पर्दैन। त्यसले अब झन् दुःख दिन्छ।