लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे।
ओखलढुंगा लगायत क्षेत्रमा ठूलो विनास भयो। सूर्यबाबु यस्तो हिंसात्मक आन्दोलनको कटु आलोचक हुनुहुन्थ्यो। नेहरूसँग निकट सूर्यप्रसादले इन्दिरा गान्धी र ‘रअ’को योजना कहिल्यै पनि स्वीकार्नु भएन। जबकि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो बुबाको घनिष्ट मित्र भएकोले सूर्यबाबुलाई चाचा भन्थिन् भने सूर्यबाबुले छोरी नै भनेर सम्बोधन गर्नुहुन्थ्यो।
साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ। साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ।
स्व. प्रा. डा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेको हो। पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी भएको बताए। 'पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ। कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ,' उनले भने।