मंगलबार, मंसिर १३, २०७९

उत्तर कोरियाको काउन्टरमा अमेरिका र दक्षिण कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

बीबीसी  |  काठमाडौं, बुधबार, असोज १९, २०७९

बीबीसी

बीबीसी

बुधबार, असोज १९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं-  उत्तर कोरियाले जापानी आकाशसम्म क्षेप्यास्त्र पठाएको प्रतिक्रिया स्वरूप दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेका छन्। कोरियाली प्रायःद्वीप एवं जापानको बीचमा पर्ने 'इस्ट सी'मा दक्षिण कोरिया र अमेरिकाले क्षेप्यास्त्रहरू प्रहार गरेका हुन्। 'इस्ट सी'लाई 'सी अफ जापान'को रूपमा पनि चिनिन्छ।

उत्तर कोरियाले मंगलबार जापानी आकाशमाथिबाट परिक्षण गरेको इन्टरमिडियट रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) यसअघिका मिसाइलको तुलनामा धेरै शक्तिशाली भएको अमेरिकाले बताएको छ। उक्त मिसाइल उत्तर कोरियाको पेनिन्सुला र जापानी भूभागको बीचमा अवस्थित समुद्रमा खसालिएको थियो।

सन् २०१७ यता पहिलो पटक प्योङयाङले मङ्गलवार जापानमाथि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। त्यसको प्रतिक्रिया स्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्ने हिसाबले संयुक्त सैन्य अभ्यास गरिरहेका छन्।

एउटा वक्तव्यमा जनाइएअनुसार दक्षिण कोरिया र अमेरिकाले अमेरिकामा निर्मित 'आर्मी ट्याक्टिकल मिसाइल सिस्टम' भनिने क्षेप्यास्त्रहरू बुधवार प्रहार गरेका छन्।

'उत्तर कोरियाले गर्ने उक्साहटपूर्ण कार्य'प्रति प्रतिक्रिया जनाउन अमेरिका र उसका साझेदारहरूको सैन्य सामर्थ्य तयारी अवस्था रहेको देखाउनका निम्ति क्षेप्यास्त्रहरू प्रहार गरिएको"अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्‌का प्रवक्ता जोन किर्बीले सीएनएनलाई बताएका छन्।

दक्षिण कोरियाले प्रहार गरेको क्षेप्यास्त्र केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो। तर त्यसबाट कुनै हताहती नभएको सेनाले जनाएको छ। जापानका प्रधानमन्त्री फुमिओ किशिदाले त्यसलाई "हिंसात्मक व्यवहार"को सङ्ज्ञा दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले किशिदासँग गरेको एक टेलिफोन कुराकानीका क्रममा जापानको प्रतिरक्षाबारे वाशिङटनको 'दृढ प्रतिबद्धता'लाई दोहोर्‍याए।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि उत्तरी क्षेत्रका केही स्थानमा मानिसहरूलाई साइरन र लिखित सन्देशमार्फत्‌ सजग रहन अनुरोध गरिएको थियो। संयुक्त राष्ट्रसंघले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ।

चेतावनी अथवा सरसल्लाहविना कुनै देशतिर अथवा उसको आकाशमा क्षेप्यास्त्र पठाउनु अन्तर्राष्ट्रिय कानुनविपरीत मानिन्छ। उत्तर कोरियाले मंगलवार प्रक्षेपण गरेको क्षेप्यास्त्र एक साताभित्र गरिएको पाँचौँ परीक्षण थियो।

गत सेप्टेम्बरमा उत्तर कोरियाले आफू परमाणअस्त्र सम्पन्न राष्ट्र भएको घोषणा गर्ने एउटा कानुन पारित गरेको थियो। उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका छन्।


प्रकाशित: October 5, 2022 | 15:30:00 काठमाडौं, बुधबार, असोज १९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
विदेश

विलासिताका वस्तुको आयातमा रोक लगाउन बंगलादेशी प्रधानमन्त्रीको निर्देशन

राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले उक्त निर्देशन गरेकी हुन्।
नेपाल समय
विदेश

कोप-२७ : इयुले अस्वीकार गर्‍यो इजिप्टको उत्सर्जन न्यूनीकरण प्रस्ताव

'यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,' फ्रान्सेली ऊर्जा मन्त्रालयका अधिकारीले यस्तो बताएका हुन्।
नेपाल समय
विदेश

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा ९ जनाको मृत्यु

विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। विस्फोटमा ७ जना घाइते भएको सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले जानकारी दिएका छन्।
नेपाल समय
विदेश

ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको जानकारी दिए।
नेपाल समय
विदेश

इरानको व्यस्त बजारमा गोली चल्यो, पाँच जनाको मृत्यु

इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको जनाको ज्यान गएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना