सोमबार, मंसिर १९, २०७९

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

दिलीप प्रकाश कार्की  |  काठमाडौं, शनिबार, असोज ८, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

शनिबार, असोज ८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं राष्ट्रिय सम्मेलनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङबारे अप्रत्याशित र अस्वभाविक समाचारहरु विशेषगरी भारतीय र केही पश्‍चिमा सञ्‍चारमाध्यममा प्रकाशन-प्रसारण भइरहेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको हरेक ५ वर्षमा हुने राष्ट्रिय सम्मेलनबाट पार्टी महासचिवसमेत राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गर्ने करिब निश्‍चित भएको भन्दै चिनियाँ सञ्‍चारमाध्यमहरुले दाबी गरिरहेको समयमा यस्ता अप्रत्याशित समाचार आएका हुन्। 

इन्टरनेटमा सीबारे समाचारहरु खोजी गर्दा अधिकांश भारतीय सञ्‍चारमाध्यमहरुमा सी जिनपिङलाई घरमै नजरबन्दमा राखिएको अथवा चीनमा सैन्य कू गरिएको आशंका गरिएका समाचार भेटिन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरुले सीलाई चिनियाँ जनमुक्ति सेनाको प्रमुखबाट हटाएर नजरबन्दमा राखेको अपुष्ट समाचार पनि आइरहेका छन्। अधिकांश भारतीय सञ्‍चारमाध्यमहरुले चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ र पूर्वप्रधानमन्त्री वेन जियाबाओको सहयोगमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका पूर्व सदस्य १०५ वर्षीय सोङ पिङले केन्द्रीय सुरक्षा व्युरोलाई नियन्त्रणमा लिएको हुनसक्ने जनाएका छन्। 

यस्ता समाचारहरुमा सीलाई सेप्टेम्बर १६ मा उज्बेकिस्तानमा भएको सांघाई को-अपरेसन अर्गनाइजेसनबाट फर्किने क्रममा सीलाई विमानस्थलबाट नै नियन्त्रणमा लिइएको र नजरबन्दमा राखिएको जनाइएको छ। तर, यसबारे चिनियाँ सञ्‍चारमाध्यम भने यो विषयमा मौन छन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने २३ सेप्टेम्बरमा एक समाचार प्रकाशन गर्दै राष्ट्रपति सीले चाइना न्युज सर्भिसलाई उसको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गरेको जनाएको छ। समारचारमा भनिएको छ, 'चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले बहस प्रणाली र अन्तर्राष्ट्रिय सञ्‍चार क्षमता सुधार गर्नुपर्ने उल्लेख गर्दै समाचारको प्रभावकारितालाई बढाउनुपर्नेमा जोड दिनुभएको छ।'  ७०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीले पठाएको बधाई पत्र पढेर सुनाइएको समाचारमा उल्लेख छ। 

यद्यपि चिनियाँ सञ्‍चामाध्यमका रिपोर्टहरुलाई नै आधार मान्‍ने हो भने पनि चिनियाँ राष्ट्रपति सी भने सेप्ट्म्बर १६ मा उज्बेकिस्ताबाट फर्किएपछि सार्वजनिक रुपमा देखिएका छैनन्। १६ सेप्टेम्बरमा उज्बेकिस्तामा भएको सांघाइ को-अपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलनको औपचारिक समापन भएपछि उनी स्वदेश फर्किएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

नेपाल समय
एससीओ सम्मेलनमा सी (बायाँबाट चौथो स्थानमा)

सिन्ह्वाका अनुसार एससीओ राष्ट्र प्रमुख परिषद्को २२औँ बैठक समापन भएलगत्तै सी नेतृत्वको टोली बेइजिङका लागि उडेको हो। उनी १६ सेप्टेम्बर शुक्रबारको मध्यराति सीसहित सीपीसीका केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, सीपीसी केन्द्रीय समितिको सचिवालयका सदस्य र सीपीसी केन्द्रीय समितिको महासचिवको कार्यालयका निर्देशक दिङ सुएज्याङ, सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जिएछी, स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी, चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तथा राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख हे लिफेङसहित सी शुक्रबार मध्यराति बेइजिङ ओर्लिएका हुन्। उनलाई उज्बेकिस्ताका राष्ट्रपति शावकत मिर्जियोयेभ र प्रधानमन्त्री अब्दुल्ला अरिपोभले विमानस्थलमा पुगेर बिदाई गरेका थिए। 

अन्य विश्‍वका नेताहरु सोही सम्मेलनमा रहँदा पनि सी हतारमा किन स्वदेश फर्किए भन्‍ने प्रश्‍नसमेत उठेको छ। चिनियाँ राष्ट्रपति सी हतारमा देखिएको र सम्मेलनमा भएको द्विपक्षीय भेटघाटमा पनि खासै महत्वपूर्ण कुरा नभएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। तर, चिनियाँ सत्ताको मुखपत्र ग्लोबल टाइम्सले भने राष्ट्रपति सीले एससीओ स्थापना भएको दुई दशकभन्दा समयदेखि सांघाईको मूल उद्देश्यलाई कायम राख्दै अन्तर्राष्ट्रिय संस्थाहरूको विकासको नयाँ बाटो खोज्‍न सफल भएको राष्ट्रपति सीले बताएको जनाएको छ। 

सीले सांघाई भावनाप्रति प्रतिबद्ध रहने र एकता र सहयोग अभिवृद्धि गर्ने, रणनीतिक स्वतन्त्रता कायम राख्‍ने र क्षेत्रीय स्थायित्वको रक्षा, विकास सहयोग प्रवर्द्धनमा समावेशीता र साझा लाभहरू पछ्याउने र एससीओ विस्तार प्रक्रियालाई अगाडि बढाउने लगायत एससीओ सदस्यहरूका लागि अगाडि बढ्ने धेरै प्राथमिकतारुबारे सीले प्रष्ट पारेको बताइएको छ। 

एससीओ सम्मेलनपछि आयोजित रात्रीभोजमा रुसी राष्ट्रपति पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्‍वस्तरका नेता सहभागी भएको उक्त रात्रीभोजमा चिनियाँ राष्ट्रपति भने सहभागी थिएनन्। उनी एसीसीओको औपचारिक कार्यक्रमलगत्तै स्वदेश फर्किएका थिए। 

नेपाल समय
एससीओको औपचारिक सम्मेलनपछि भएको साइडलाइन भेट। यो तस्बिरमा सी देखिएका छैनन्।

सैन्य पुनर्संरचना बैठकमा पहिलो पटक सी अनुपस्थित 
सी स्वदेश फर्किएपछि भने सार्वजनिक फोरुममा देखिएका छैनन्। सेप्टेम्बर २१ मा आयोजित राष्ट्रिय रक्षा र सैन्य पुनर्संरचनाको केन्द्रीय सैन्य आयोगको नेतृत्वकर्ता समूहको बैठकमा राष्ट्रपति सी उपस्थित थिएनन्। सन् २०१४ मा यस समूहको अध्यक्ष घोषित भएका सी पहिलो पटक सैन्य पुनर्संरचनाका लागि सैन्य आयोगको बैठकमा अनुपस्थित रहे। जेनिफर झेङको 'इनकन्भेनियन्ट ट्रुथ'मार्फत उक्त बैठकमा सी अनुपस्थित रहेको पुष्टि गरेकी छन्। उनले युट्युबमा राखेको एक भिडियोमा देखाइएका तस्बिरहरुमा सी उपस्थित देखिँदैनन्। 

सन् २०१४ को मार्च २१ मा उक्त बैठकलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति सीले 'पार्टीको आदेश पालना गर्ने, लडाइँहरू जित्‍न सक्षम र उत्कृष्ट कार्यशैली भएको सेना निर्माण गर्ने लक्ष्य' हुनुपर्ने बताएका थिए। द डिप्लोम्याटमा प्रकाशित उक्त समाचार अनुसार पहिलो पूर्ण सत्रलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले भनेका थिए, 'राष्ट्रिय रक्षा र सैन्य सुधार चीनको समग्र सुधारको महत्त्वपूर्ण भाग र महत्त्वपूर्ण प्रतीक हो।' 

तर, पहिलो पटक सीले उक्त सम्मेलनमा पत्र पठाउँदै सन्देश दिएका हुन्। उनको सन्देश कार्यक्रम सञ्‍चालकले पढेर सुनाएका थिए। सीले भनेका थिए, 'राष्ट्रिय रक्षा र सशस्त्र बलको सुधारमा सफल अनुभवको राम्रो सदुपयोग गर्न र थप सुधार गर्ने प्रयास भइरहेको छ। सुधारको माध्यमबाट सशस्त्र बललाई थप बलियो बनाउन नयाँ रणनीतिहरु अपनाइरहेका छौं। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र सीएमसीले पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि नै अभूतपूर्व दृढता र प्रयासका साथ सुधारका माध्यमबाट सशस्त्र बललाई सुदृढ बनाउने रणनीतिलाई पूर्णरूपमा लागू गरेको सीले बताएको चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले जनाएको छ। 

तर, उनको उपस्थिति रहेको भिडियो तथा तस्बिरहरु भने राखिएका छैनन्। जेनिफरकका अनुसार उनी उक्त कार्यक्रममा सहभागी भएका थिएनन्। जेनिफरले भनेकी छन्, 'पहिलो पटक आफू अध्यक्ष रहेको सैन्य पुनर्संरचना समूहको बैठकमा अनुपस्थित रहेको। उनले पठाएको सन्देसको स्क्रिप्ट कार्यक्रम सञ्‍चालकले पढेर सुनाएका थिए।'

नेपाल समय
सैन्य पुनर्संरचना बैठक। यो बैठकमा पनि सी र उनले जिम्मेवारी दिएका नयाँ सैन्य अधिकारी उपस्थित भएको तस्बिर सार्वजनिक भएको छैन। बरु सीले कारबाही गरेका व्यक्ति ली चाउमिङ (रातो घेराभित्र) उपस्थित छन्।

उक्त बैठकमा त्यसैगरी सीसीपी पोलिटब्युरो र सीसीपी केन्द्रीय सैन्य कमिसनका सु सिलियाङले केही निर्देशनहरु दिएका थिए। 

सीले कारबाही गरेका व्यक्ति नै बैठकमा उपस्थित 
चिनियाँ राष्ट्रपति सीले सेप्टेम्बर ८ मा पाँच 'वार जोन'मध्येको एक उत्तरी वार जोनका सैन्य कमाण्डर जनरल लि चाउमिङलाई कारबाही गरेका थिए। उनलाई पदबाट बर्खास्त गर्दै उनको ठाउँमा राष्ट्रपति सीले वाङ च्याङलाई उत्तरी वार जोनको नेतृत्व सुम्पेका थिए। एक समारोह आयोजना गर्दै उत्तरी वार जोनको नेतृत्व दिन वाङलाई जनरलमा बढुवासहित नेतृत्व सुम्पेका हुन्। 

उत्तरी वार जोनको कमाण्डरलाई कारबाही गरेकै दिन लियानिङ प्रान्तको सेनयाङ सहरमा रहेको युयोङ सैन्य विमानस्थलमा विस्फोट भएको आवाजहरु आएको समाचारहरु चिनियाँ समाजिक सञ्‍जालहरुमा भाइरहेका छन्। उक्त विस्फोटको भिडियोसमेत चिनियाँ सामाजिक सञ्‍जालमा पोस्ट भएको जेनिफरले बताएकी छन्। 

सेप्टेम्बर ८ बिहान दुई बजेतिर सैन्य विमास्थल क्षेत्रमा नै विस्फोट भएको बताइएको दाबी गरिएको छ। यद्यपि उक्त विस्फोटबारे भने केही खुलाइएको छैन। केहीले सैन्य कू भएको बताएका छन् भने केहीले उक्त भिडियो वास्तविक नभएको र एनिमेट गरेको बताएका छन्। 

चिनियाँ कम्युनिस्ट पार्टीको २० औं कंग्रेसको पूर्वसन्ध्यामा पाँचमध्ये एक वार जोनको कमाण्डर मात्रै परिवर्तन गर्नु स्वभाविक नभएको तर्कहरु पनि चिनियाँ विश्‍लेषकहरुले बताएका छन्। तर, केहीले भने सी जिनपिङलाई समस्यामा पार्ने कोसिस गर्दै विस्फोट भएको हल्ला फैलाइएको दाबी गरेका छन्। 

नेपाल समय
पीएलए नर्दन वार जोनमा राती २ बजे विस्फोट भएको भनिएको तस्बिर।

यसरी सीले कारबाही गरेका व्यक्ति नै सैन्य समूहको बैठकमा पहिलो रोमा देखिएका छन्। जेनिफरले भनेकी छन्, 'यदि उनलाई हटाइएको हो भने उनलाई कि महत्वपूर्ण सेमिनारको पहिलो रोमा राखिएको भन्‍ने प्रश्‍न उठेको छ। तर, केहीले उनलाई प्रधानमन्त्री लि ख्छ्याङले उनले सीको विरोध गरेको भन्दै बढुवा गरेको पनि बताएका छन्। केहीले सीलाई बर्खास्त गर्दै २० औं राष्ट्रिय कंग्रेसमा लि खछ्याङले सत्ताको नेतृत्व गर्ने हल्लामा पनि फैलाइरहेका छन्।' 

सेमिनार अन नेशनल डिफेन्स एन्ड मिलिटरी रिफर्ममा सीसीपीका केन्द्रीय मिलिटरी कमिसनका दुई उपाध्यक्षहरु सु छिल्याङ र झाङ योउसियाले आफ्नो भाषणमा सी जिनपिङको नाम नै नलिएको बताइएको छ। विगतका बैठकहरुमा राष्ट्रपति समेत रहेका उक्त समूहका अध्यक्षको प्रशंसा गर्ने गरिएको पनि यसपटकको बैठकलाई सम्बोधन गर्ने क्रममा दुई उपाध्यक्षहरुले सीको नाम नै उच्चारण नगर्नु पनि चीनमा केही अस्वभाविक भएको अनुमान गर्न सकिने बताइएको छ। 

ठूलो संख्यामा उडानहरु रद्द?
चीनमा सेप्टेम्बर २१ देखि २४ सम्ममा ठूलो संख्यामा उडानहरु रद्द गरिएको पनि दाबी गरिएको छ। पुँच टाइम्सले फ्लाइट मास्टरलाई उदृत गर्दै चीनमा २१ सेप्टेम्बर देखि २४ सेप्टेम्बरमा करिब ६० प्रतिशत उडानहरु रद्द गरिएको दाबी गरेको छ। जस अनुसार ९ हजार ५८३ उडानहरु रद्द गरिएको छन्। 

राजधानी बेइजिङमा रहेको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा ६२२, सांघाई पुदोङ अन्तर्राष्ट्रिय विमानस्थलमा ६५२, सेन्जेन बाओआन विमानस्थलमा ५४२, गुयाङ लोङदोलबाओ विमानस्थलमा ५३९, लासा गोङ्गा विमानस्थलमा १५७, चेङ्दु ताइफु विमानस्थलमा ७५२, उरुम्ची डिवाबाओ विमानस्थलमा ४७६, तियान्जिन बिन्हाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ३५३, हार्बिनमा २७५, सियान सियानयाङमा ५५५, नान्जियाङ लुकोउमा ३७८, गुआन्जाओमा ५६० उडानहरु रद्द गरिएको बताइएको छ। 

तर, यस विषयमा चिनियाँ उड्‌डयन प्राधिकरणले भने केही खुलाएको छैन। केहीले सामाजिक सञ्‍जालमा महामारीका र सांघाईमा आएको आँधीका कारण उडानहरु रद्द गरिएको बताइएका छन्। चिनियाँ खोज पत्रकार झाओ लानजियाले ट्विट गर्दै भनेका छन्, 'सैन्य निर्देशन अनुसार नै सामूहिकरुपमा उडानहरु रद्द गरिएको हुनुपर्छ। एयर ट्राफिक कन्ट्रोल अथोरिटीबारे चिनियाँ सेनाले निर्णय लिन्छ र त्यसपछि चिनियाँ नागरिक उड्डयन व्यवस्थापनलाई निर्देशन दिन्छ। हवाई क्षेत्र अलग राखिएको छ ताकि सैन्य विमानहरू इच्छामा उडान गर्न सकून्। यो सैन्य योजना हो, वा कमसेकम सैन्य तयारीको साथ गरिएको देखिन्छ। यसबारे चिनियाँ सैन्य एयर ट्राफिकलाई बुझ्‍दा पनि सम्पर्क हुन सकेको छैन।' 

सी विरोधी नेतालाई जेल 
यही समयमा चिनियाँ राष्ट्रपति सीको विरोध गर्ने नेताहरुलाई विभिन्‍न मुद्दामा जन्म कैदको फैसला सुनाइएको छ। चीनका पूर्व सार्वजनिक सुरक्षा उपमन्त्री सुन लिजुनलाई 'पार्टीको एकतालाई गम्भीर रूपमा हानी पुर्‍याएको' आजीवन कारावासको सजाय सुनाइएको छ। 

५३ वर्षीय सुनलाई सुरुमा मृत्युदण्डको सजाय सुनाइएको भए पनि पछि उक्त सजाय दुई वर्षपछि आजीवन कारावासमा परिणत हुनेछ। अदालतले उनको अपराधमा ६४६ मिलियन युआन (९१ मिलियन डलर) को घुसखोरी गरेको शेयर बजारमा हेरफेर गरेको र अवैध रूपमा दुईवटा बन्दुक राखेको अभियोग लगाइएको छ। 

यही साता सुनको गुटमा रहेर चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने अन्यलाई पनि आजीवन काराबासको सजाय सुनाइएको छ। जसमा  पूर्व न्यायाधीश फु जेङगुआ र अन्य सांघाई, चोङकिङ र साङ्सी प्रान्तका तीन पूर्व प्रहरी प्रमुखहरु रहेका छन्। 

पार्टीका सदस्यहरूलाई वफादार हुनका लागि प्रेरित गर्ने रणनीति अनुसार प्रत्येक पाँच-पाँच वर्षमा एक पटक हुने महाधिवेशनअघि हाई प्रोफाइलमा रहेका पदाधिकारीहरूलाई पक्राउ गर्ने वा सजायको घोषणा गर्ने चलन रहेको रोयटर्सले जनाएको छ। सन् २०१७ मा भएको अन्तिम पार्टी कंग्रेसमा सीले भ्रष्टाचारविरुद्धको लडाइँमा 'बाघ' र 'झिंगा' दुवैलाई लक्षित गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।  

१०५ वर्षीय चिनियाँ नेताको उपस्थिति
चीनमा सीमाथि संकट सिर्जना भएको भन्‍ने अपुष्ट समाचारहरु आइरहँदा चिनियाँ वरिष्ठ नेता सोङ पिङ सार्वजनिक रुपमा देखिएका छन्। १०५ वर्षीय नेता सोङ पिङले सेप्टेम्बर १२ मा 'रिफर्म एन्ड ओपनिङ अप कन्टेम्पोरेरी चाइना टु डेप्लभ एन्ड प्रोग्रेस' को सम्मेलनलाई सम्बोधन गरेका पत्रकार जेनिफरले जनाएकी छन्। उनले पछिल्लो समय राष्ट्रपति सीलाई पनि सहयोग गरेको बताइएको छ। उक्त कार्यक्रममा सोङले गरेको सम्बोधनलाई भने चीनमा सेन्सर गरिएको पनि बताइएको छ। 

चिनियाँ नेतृत्वको दोस्रो पुस्ताका नेता सोङ पिङ सार्वजनिकरुपमा देखिनुलाई पनि महत्वपूर्ण रुपमा हेरिएको छ। राष्ट्रपति हु जिन्ताओ र वेन जियाबाओको मेन्टरका रुपमा रहेका सोङ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीका पूर्व सदस्य समते हुन्। सीसीपी सेन्ट्रल अर्गनाइजेसन डिपार्टमेन्टकव नेतृत्वसमेत गरिसकेका उनले सन् १९८९ मा भएको प्रजातन्त्र समर्थित आन्दोलनप्रति लचकता देखाएको भन्दै बारकाहीसमेत गरिएको थियो। सन् १९९२ मा उनले पोलिटब्युरो स्थायी समिति सदस्यबाट राजीनामा दिएका थिए। 

चिनियाँ सामाजिक सञ्‍जालमा सी जिनपिङको पतन भइसकेको र बेइजिङलाई सैन्य रूपमा कब्जामा लिएको दाबी भइरहेको समयमा सोङले नै सैन्य विद्रोह गर्दै सीलाई नजरबन्दमा राख्‍न आदेश दिएको हुनसक्ने अनुमानहरु पनि भइरहेका छन्। उनले सेन्ट्रल गार्ड ब्युरोलाई नियन्त्रणमा लिएको पनि न्युज हाइल्यान्डलाई उदृत गर्दै द एसियन मिररले जनाएको छ। 

सीजीबीको भूमिका सीसीपी नेताहरू र कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्यहरूको सुरक्षा गर्नु भएको र सीजीबीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षा सुनिश्चित गर्ने जिम्मा पनि लिएको छ र यदि अर्को व्यक्तिले सीजीबी कब्जा गरेमा सैन्य विद्रोहको घोषणा गरिनुपर्ने पनि उल्लेख छ। 

के हो वास्तविकता? 
धेरै कुरा अपारदर्शी रहने चीनमा वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन। तर, विभिन्‍न मिडिया रिपोर्ट र माथि उल्लेखित विवरण अनुसार चीनभित्र पनि राजनीतिक 'गसिप' चलिरहेको अनुमान गर्न सकिन्छ। तर, यदि सीलाई नजरबन्दमा राखेर सैन्य कू गरिएको भएको हो भने विजयी भएको अथवा कू गरेको टोलीले चीन कब्जा गरेको घोषणा गर्दै उत्सव मनाउनुपर्ने हो। तर यसको छनक कहिँकतै देखिएको छैन। 

विजयी भएको टोलीप्रति चिनियाँ सेना लोयल हुनुपर्ने चिनियाँ प्रणालीको व्यवस्थापन गरिएको छ। जेनिफरले इन्कन्भेनियन्ट ट्रुथमा भनेकी छन्, 'धेरैले सीलाई नजरबन्दमा राखेको र सैन्य कू गरिएको दाबी गरेका छन्। तर, यदि त्यसो भएको हो भने जित्‍ने पक्षले विजयको घोषणा किन गरेको छैन?'

त्यसकारण चीनमा सीलाई अहिले नै नजरबन्दमा राखिएको वा चीनमा सैन्य कू भएको यकिनका साथ भन्‍न नसकिए पनि केही असमान्जस्यताको स्थिति पैदा भएको हुनसक्ने जेनिफरले बताएकी छन्। सामाजिक सञ्जालमा भनिए जस्तो राष्ट्रपति सी नजबन्दमा रहेको कहिँकतै पुष्टि हुँदैन।


प्रकाशित: September 24, 2022 | 21:56:08 काठमाडौं, शनिबार, असोज ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
विदेश

कङ्गो 'नरसंहार'मा सयभन्दा बढीको मृत्यु

गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो।
नेपाल समय
विदेश

मलेसियामा मन्त्रिपरिषद् विस्तार

एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन्। उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।
नेपाल समय
विदेश

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ।
नेपाल समय
विदेश

श्रीलंकाले २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलंकाले सन् २०२३ मा १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको त्यहाँका पर्यटनमन्त्रीले बताएका छन्।
नेपाल समय
विदेश

विश्वकै सबैभन्दा ठूलो विमानस्थलसँगै साउदीले बनाउँदैछ यस्तो अनौठो सहर

यो सहरले सहरी रहनसहनको तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ। यो सहर पनि २०३० सम्ममा तयार हुनेछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना