सोमबार, साउन ३०, २०७९

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

नेपाल समय  |  काठमाडौं, बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर सौजन्य निक्की एशियाबाट

अमेरिकी तल्लो सभाकी सभामुख न्यान्सी पेलिसीको ताइवान भ्रमण रोक्नका लागि चीनको कडा चेतावनीलाई अमेरिकाले बेवास्ता गरेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई घण्टा लामो कुराकानी न्यान्सीको ताइवान भ्रमणका विषयमा केन्द्रित भएको थियो। चीनले तीव्र विरोध जनाएपछि न्यान्सीले भ्रमण कार्यक्रमको सूचीबाट ताइवानलाई हटाइएको थियो। तर मंगलबार न्यान्सी मलेसियाको क्वालालम्पुरबाट सिधै ताइवानको राजधानी ताइपेई उत्रिएपछि यो विषयमा विश्वभर बहस केन्द्रित भएको छ। विगत २५ वर्षमा अमेरिकी निर्वाचित अधिकारीको यो सबैभन्दा उच्च तहको ताइवान भ्रमण हो। 

ताइवानमा रहँदा न्यान्सीले त्यहाँका राष्ट्रपति साई इङवेनसँग भेटवार्ता गरेकी छन्। यस्तै उनले ताइवानको संसदमा समेत सम्बोधन गरेकी छन्। उनलाई ताइवानको सबैभन्दा ठूलो नागरिक अभिनन्दन पनि गरिएको छ। न्यान्सी त्यहाँबाट दक्षिण कोरियाका लागि बुधबार नै प्रस्थान गर्ने भ्रमण तालिका छ। न्यान्सीले ताइवानको प्रजातान्त्रिक अभ्यासको प्रशंशा गरेकी थिइन्। ताइवानका लागि अमेरिका 'फलामे बार'का रूपमा खडा हुने बताएका छन्। 

सभामुख पेलोसीले ताइवान नछोड्दै चीनले ताइवानमाथि व्यापार प्रतिबन्ध लगाएको छ। चिनियाँ वाणिज्य र भन्सार अधिकारीले ताइवानमा हुँदै आएको बालुवा र निर्माण सामग्रीको निकासीमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसलाई कारण देखाउँदै चीनले ताइवानबाट हुने खाद्य वस्तुको आयात समेत रोकेको छ। 

ताइवानको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनका महानिर्देशक वु शाउ मेईले चीनको व्यापार प्रतिबन्ध राजनीतिबाट प्रेरित भएको बताएका छन्। चीन ताइवानको सबैभन्दा ठूलो व्यापार साझेदार हो। चीनले आफूहरुमाथि प्रतिबन्ध लगाएर आफ्नो देशको सम्प्रभुताको अधिकारमाथि धावा बोलेको बताएको छ।

ताइवानमा पेलोसी उत्रिएसँगै चीनले ताइवान नजिकै सैन्य प्रदर्शन गरेको थियो। मंगलबारबाट सुरु भएको उसको सैन्य प्रदर्शनले कुनै जहाजलाई ताइवान प्रवेश गर्न नदिने बताएको थियो। तर ताइवानले भने चीनले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएको छ। बेइजिङले चीनस्थित अमेरिकी राजदूतलाई  समेत बोलाएर सोधेको थियो। यसका साथै यसले ताइवान स्वतन्त्रतासम्बन्धी गतिविधि गर्दै आएका दुई संस्थालाई प्रतिबन्ध लगाएको छ। 

युक्रेनमा रुसको आक्रमणले ठूलो मानवीय क्षति पुर्‍याएको छ। अप्रिल १३, २०२२ मा, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर), १६१ बालबालिकासहित कुल १ हजार ९६४ जना युक्रेनी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि वास्तविक संख्या योभन्दा धेरै बढी हुन सक्ने उसले बताएको छ। 

युद्धले पूर्वाधारको ठूलो क्षति निम्त्याएको छ। युद्ध सुरु भएको पहिलो ५ हप्तामा नै ठूलो संख्यामा रहेका आफ्नो घर छोडेर छिमेकी देशहरूमा शरण लिन बाध्य भएका थिए। चीनले ताइवानमाथि आक्रमण गरेमा रुस-युक्रेन युद्धभन्दा पनि ठूलो र गम्भीर हुन सक्ने अनुमान गरिएको छ। 

युक्रेन र ताइवान दुवै पश्चिमा सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का सदस्य होइनन्। तर यी दुवै क्षेत्रबीच केही फरक पनि छ। चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानमा आफ्ना सेना पठाउन र परिचालन गर्न सक्ने सन्धि गरिएको छ। तर उक्त सन्धिका धेरै विषय अझसम्म पनि प्रष्ट छैनन्। पछिल्लो पटक न्यान्सीले ताइवान भ्रमण गरेपछि पैदा भएको दुई ठूला शक्तिबीचको प्रत्यक्ष टकरावले चिन्ताको विषय हो । यसले बाँकी विश्वमा मात्रै नभई यस क्षेत्रका विकासोन्मुख राष्ट्रहरूमा पनि असर पार्न सक्छ।

चीनलाई पश्चिमले 'आक्रामक' शक्तिका रूपमा रूपमा चित्रण गरिरहेका छन्। चीनले ताइवान आफ्नो अभिन्न अंग मान्दै आएको छ। अर्कोतर्फ, ताइवानले भने आफूलाई स्वतन्त्र राज्यको रूपमा दाबी गर्दै आएको छ। अमेरिकाले आफूलाई 'लोकतन्त्रको संरक्षक' ठान्ने भएकाले ताइवानलाई आफ्नो अडान नछोड्न भन्दै आएको छ। यसका लागि उसले आवश्यक परे सैन्य सहयोग गर्ने बताइसकेको  छ।

ताइवानको रणनीतिक र औद्योगिक महत्व 

ताइवान कम जनसंख्या भएको सानो टापु भएपनि यो क्षेत्रको रणनीतिक र आर्थिक महत्व छ। त्यसैले चीन र अमेरिका दुवै  देशले यसमा आँखा लगाएका हुन्। दक्षिणी चीन सागरमा नियन्त्रण जमाउनका लागि यो गेटवे मानिन्छ। ताइवानलाई आफूमा मिलाउन सके चीनले पूर्वी क्षेत्रमा सैन्य बल विस्तार गर्न सक्छ। पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो शक्ति विस्तार गर्न सहयोग पुग्नेछ। यसका साथै यहाँ प्रभाव विस्तार गर्दा अमेरिकी सेनाको बेस क्याम्प रहेका हवाई र गुआम जस्ता क्षेत्रमा पनि चुनौती पुर्‍याउन सक्छ। यो कुरा अमेरिकालाई स्वीकार्य छैन। 

ताइवानले कम्प्युटर चिप्सको विश्वव्यापी उत्पादनमा पनि प्रभुत्व जमाएको छ। विद्युतीय उपकरणमा प्रयोग गरिने सेमिकन्डक्टर उत्पादन कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएमएससी) ले विश्वबजारको आधाभन्दा बढी बजार हिस्सा ओगटेको छ। ताइवानमा प्रभुत्व जमाउन सके चीनलाई विश्वका महत्त्वपूर्ण उद्योगमा पनि नियन्त्रण हुनेछ। यसले विश्वव्यापी बजार विस्तारमा चीनलाई ठूलो सहयोग गर्नेछ। रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। 

विगतबाट गरिने अनुमान

रुसबाट ठूलो परिणामामा प्राकृतिक ग्यास युरोपेली देशले आयात गर्ने भएकाले रुस-युक्रेन युद्ध भइहाले युरोपेली देशले रुसलाई समर्थन गर्न सक्ने र अमेरिका एक्लिन सक्ने आकलन गरिएको थियो। तर त्यसको ठीक उल्टो भयो। युरोपेली संघ र अमेरिका युक्रेनको पक्षमा खुलेनन् मात्र, रुसी आक्रमणको निन्दा र त्यहाँका जनताले सामाजिक सञ्जालमार्फत् ऐक्यबद्धता व्यक्त गरे। युरोपेली संघका देशले रूसबाट युक्रेन हुँदै प्राकृतिक ग्यास प्राप्त गरिरहेका छन् अनि रुस आक्रमणको निन्दा पनि गरिरहेका छन्। रुसले युरोपेली संघलाई प्राकृतिक ग्यासको आपूर्ति बन्द नगर्न सक्छ किनभने उसको अर्बौं डलर जोखिममा हुन्छ।

यस्तो ठूलो परियोजनालाई रूसले बेवास्ता नगर्न सक्छ। त्यसैगरी चीन पनि विश्वका धेरै देशको प्रमुख व्यापारिक साझेदार भएकोले ताइवानसँगको एकीकरणमा उनीहरूको समर्थन लिने प्रयास गर्न सक्छ। तर यसले चीनले चाहेजस्तो काम नहुन सक्छ। 

चीनको बढ्दो परमाणु क्षमता

निकट भविष्यमै ताइवानलाई एकीकरण गर्ने चीनको दृढ संकल्पका साथ चीनले आणविक शक्तिको विकासमा पनि तीव्र प्रगति गरिरहेको छ। ताइवानसँगलाई सैन्य माध्यमबाट नै एकीकरण गर्न सकिने भएकाले सबल आणविक शक्ति विकास गर्नुपर्छ भन्ने चीनको विश्वास छ। आणविक शक्ति विकासका कारण अमेरिकालाई पनि चुनौती खडा गर्न सकिन्छ भन्ने उसको ठहर छ। 

चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेना (पीएलए) लाई उच्चस्तरीय रणनीतिक प्रतिरोधात्मक प्रणाली विकास गर्न आदेश दिएका छन्। यसले चीनले आफ्नो आणविक क्षमता बढाउँदैछ भन्ने स्पष्ट संकेत गर्छ।

अमेरिकाले चीनको उदयलाई खतराको रूपमा लिएको छ। एसिया-प्रशान्त क्षेत्रमा आफ्नो वर्चस्व कायम नगरे अमेरिकाको लामो समयदेखिको वर्चस्वलाई तोड्न नसकिने र आफ्नो उदयमा यसले खतरा निम्त्याउने चीनलाई महसुस भएको छ। 

चीनको उदय

स्यामुएल पी हन्टिङ्टनले आफ्नो पुस्तक ‘क्ल्यास अफ सिभिलाइजेसन’मा लेखेका छन्, 'कन्फ्युसियन सभ्यता र इस्लामिक सभ्यताबीचको अपवित्र गठबन्धनले पश्चिमाका लागि ठूलो खतरा निम्त्याउनेछ।' बाँकी विश्वका लागि चीनको उदयलाई शान्तिपूर्ण रूपमा हुन सक्छ। तर अमेरिकाका लागि यसको उदय सधैं खतरापूर्ण हुनेछ। सोभियत संघको विघटन भएदेखि नै अमेरिका विश्वव्यापी प्रभुत्वको रूपमा रह्यो। चीनको उदय सधैं अमेरिकाको लागि खतरा मानिनेछ, किनभने प्रतिस्पर्धा सधैं 'इडियोलोजिकल' छ। ताइवान मुद्दा चीन र अमेरिकाका लागि संकटपूर्ण नै हुनेछ। चीनको तीव्र आर्थिक वृद्धिले उसले विश्वव्यापी प्रभुत्व विस्तार गर्नेमा अमेरिका पनि विश्वस्त छ। तर कहिले भन्नेमा प्रष्ट छैन। 

चीनले ढिलोचाँडोमा ताइवानमाथि आक्रमण गर्न सक्छ।  तर नगर्ने सम्भावना पनि उतिकै  छ। चीनले पक्कै पनि अमेरिका र पश्चिमी देशहरूले ताइवानलाई गर्ने समर्थनलाई कमजोर आँकेको छैन। अन्तर्राष्ट्रिय कानुनमा पनि ताइवान सार्वभौम र स्वतन्त्र मानिन्छ। ताइवानलाई आफूसँगै मिलाउनु चीनका निकै चुनौती र समस्यापूर्ण छ। 

चीनले ताइवानमाथि आक्रमण गरे पनि त्यसको भयावह नतिजा दुवै पक्षमा ठूलो मानवीय क्षति हुनेछ। क्षेत्रीय वा विश्वव्यापी आर्थिक मन्दी निम्त्याउन सक्छ। रुस–युक्रेन संकट होस् वा चीन–ताइवान संकट नै किन नहोस्, अमेरिकासहित पश्चिमाको संलग्नता निश्चित छ। 

'साँढेको जुधाई बाच्छाको मिचाई'भनेजस्तै रुस-युक्रेन युद्ध होस् वा चीन-ताइवान द्वन्द्व होस्, पेलाइमा पर्ने कमजोर पक्ष नै हो। युक्रेन र ताइवान तुलनात्क रूपमा कमजोर हुन्। यो कुरा बुझेको चीनले ठूलो रक्तपात नगरी ताइवानलाई शान्तिपूर्ण रूपमा एकीकरण गर्ने रणनीति अपनाइरहेको छ।

चीन-ताइवान किन दूरी त? चीन-ताइवान सम्बन्धको इतिहास लामो र जटिल छ। सन् १९४० को गृहयुद्धका बेला यी दुई क्षेत्र छुट्टिएका हुन्। तर बेइजिङले भने आवश्यक परे सैन्य शक्ति लगाएर भएपनि ताइवानलाई आफ्नो नियन्त्रणमा लिइने बताउँदै आएको छ। 

ताइवानको आफ्नै संविधान छ। प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएका नेताहरूले शासन गर्छन्। अनि करिब ३ लाख जना रहेको सैन्य शक्ति पनि छ। यसका बाबजुध पनि चीनको प्रभावका कारण धेरै देशहरूले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएका छैनन्। त्योभन्दा धेरै संख्याका देशले चीनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन्। अमेरिकाको पनि आधिकारिक रूपमा ताइवानसँगै कुनै त्यस्तो सम्बन्ध छैन। तर ताइवानले चाहे सैन्य शक्ति परिचालन गर्न सक्ने सन्धि अमेरिकासँग छ। 

के भन्छन् छिमेकी?

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पेलोसीको ताइवान भ्रमणलाई अमेरिकाको 'दण्डहीनता'को आरोप लगाएका छन्।  पेलोसी भ्रमणले 'हामी जे पनि गर्न सक्छौँ' भन्ने छाप छोडेको उसको प्रतिक्रिया छ। उसले रूसविरुद्ध युक्रेनको रक्षाको लागि अमेरिकी समर्थनसँग तुलना गरेको छ। 

'यसले युक्रेनी अवस्थाको सम्बन्धमा हामीले कुरा गरिरहेको लाइनलाई प्रतिबिम्बित गर्दछ,' लाभरोले भने, 'यो सबैलाई उनीहरूको दण्डहीनता प्रमाणित गर्ने र उनीहरूको अधिकार देखाउने महत्वाकांक्षा हो- म जे चाहन्छु गर्न सक्छु।'

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध विस्तारै विस्तार भएको छ। युक्रेनमा रुसको आक्रमण अघि चीनले नाटो विस्तारको विरोध गर्न रुसलाई सामेल गर्‍यो। र यद्यपि चीनले युक्रेनमा रुसी अभियानहरूलाई सम र्थन गरेको छैन, यसले युद्धको निन्दा पनि गरेको छैन। 

यसैबीच चीनको निकट छिमेकी उत्तर कोरियाले पनि न्यान्सी पेलोसीको ताइवान भ्रमणको निन्दा गरेको छ।  उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको जनाएको छ।

दक्षिण कोरियाले सबैसँग सहकार्य संलग्न सबै राष्ट्रहरूसँग निकट सञ्चार कायम राख्न आग्रह गरेको छ। यसैबीच जापानले बेइजिङको योजनाबद्ध सैन्य अभ्यासप्रति चासो व्यक्त गरेको बताएको छ। टोकियोले चीनले सैन्य अभ्यास गर्दा आफ्नो क्षेत्रमा ओभरल्यापिङ गरेको समेत बताएको छ। जापान-ताइवानका टापु नजिक छन्।

"यो सैन्य गतिविधिप्रति जापानले चिनियाँ पक्षको काम प्रति चासो व्यक्त गरेको छ,' जापानी चिफ क्याबिनेट सेक्रेटरी हिरोकाजु मात्सुनोले भनेका छन्।

विश्वमा कस्तो असर पर्छ?

ताइवान-चीन आमनेसामने भए त्यसको असर विश्वभर पर्नेछ। ताइवानमा बन्ने चिप्स विभिन्न विद्युतीय उपकरणमा प्रयोग हुन्छ। यसले विश्वभरको कम्प्युटर, कार, घडी र मोबाइल बजारमा असर पार्नेछ। ताइवान सेमिकन्डक्टरको सबैभन्दा ठूलो उत्पादक हो। गत वर्ष मात्र विश्व बजारमा बिक्री हुने सेमिकन्डक्टरको कारोबार रकममध्ये करिब ६० प्रतिशतभन्दा बढी ताइवानमा बनेका मात्र थिए। सेमिकन्डक्टर तत्कालै अर्को स्थानमा बनाउन पनि गाह्रो हुन्छ। यसका लागि समय, जनशक्ति र ठूलो रकम लगानी हुनेछ। यदि तनाव बढेको खण्डमा अर्को स्थानमा सेमिकन्डक्टर नबनेसम्म यसको अभाव विश्वले झेल्नेछ। 

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले बनाएका सामग्री ठूला प्रविधि कम्पनीहरू एप्पल, क्वालकमजस्ता कम्पनीले प्रयोग गर्दै आएका छन्। 

यदि नयाँ प्लान्ट बनाउनुपरे  सन् २०२४ अघि सकिनेछैन। त्यसका लागि १२ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। 

- समाचारमाध्यमहरूको सहयोगमा तयार पारिएको


प्रकाशित: August 4, 2022 | 07:43:56 काठमाडौं, बिहीबार, साउन १९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
विदेश

फेरि अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ।
नेपाल समय
विदेश

तालिबान सत्ताको एक वर्ष : समावेशी राजनीतिक प्रणाली बनाउन असफल

एक वर्षअघि अफगानिस्तानमा सत्ता कब्जा गरेर नयाँ सरकार गठन गरेको तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लंघन जारी राखेको यूरोपेली संघ (ईयू) को एक्सटर्नल एक्सन सर्भिस (ईईएएस) ले जनाएको छ।
नेपाल समय
विदेश

सलमान रुश्दी प्रकरणमा इरानमाथि प्रतिबन्ध लगाउन ऋषि सुनकको आह्वान

बेलायतका भावी प्रधानमन्त्रीकारूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुश्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
नेपाल समय
विदेश

पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको यूक्रेनको दावी

मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो। यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो।
नेपाल समय
विदेश

इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना