शुक्रबार, साउन २७, २०७९

राष्ट्रसंघद्वारा भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन

नेपाल समय  |  काठमाडौं, सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९, काठमाडौं

नेपाल समय

काबुल- संयुक्त राष्ट्रसंघले केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ।

मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो। मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताउनुभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

भग्नावशेषमा गाडिएका बालबालिकासहित सयौं मानिसहरूले ज्यान गुमाएका छन्। अन्य थुप्रै घाइते भएका छन्। घरहरू भत्किएका छन्। ग्रिफिथले एक ट्वीटमा लेख्नुभएको छ, 'भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु।'

भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो।  

बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाहरू र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्लाहरू बर्माल, गियान र स्पेरामा करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन्। भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन्। 

भारतले पनि तालिवान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो। 


प्रकाशित: June 27, 2022 | 00:00:00 काठमाडौं, सोमबार, असार १३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
विदेश

खशोग्गीका पूर्व वकील यूएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

असिम गफूरलाई ‘अमेरिकास्थित कर छली अभियानसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अपराधमा’ दोषी ठहर गरिएको संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार एजेन्सी डब्लुएएमले बुधबार जनाएको छ।
नेपाल समय
विदेश

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टिकरण लिएको ट्रसको भनाइ

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ।
नेपाल समय
विदेश

श्रीलंकामा मंकीपक्सको परीक्षण सुरू

स्वास्थ्य मन्त्रालयले मंकीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ।
नेपाल समय
विदेश

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका विरामी भएको जनाइएको छ। पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका विरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
नेपाल समय
विदेश

दक्षिण कोरियामा वर्षाका कारण ९ जनाको मृत्यु, सात बेपत्ता

सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन्। देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन्।बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना