मंगलबार, असार १४, २०७९

दक्षिण कोरियामा सचिवालय रहेको ‘जीजीजीआई’ सम्बन्धी सम्झौता संसद्‌मा पेश

नेपाल समय  |  काठमाडौं, बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाल सरकारले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’ (जीजीजीआई) को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौता सदनमा पेश गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो प्रस्ताव पेश गरेका हुन्। उनले प्रस्ताव पेश गर्नुपर्नाका कारण र औचित्यबारे जानकारी दिँदै सदस्यता प्राप्तिले हरित विकासका लागि लगानी अभिवृद्धि गर्न राष्ट्रिय वित्तीय साधनको सवलीकरण एवं अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न मद्दत पुग्‍ने बताए। 

‘जीजीजीआई’ सन् २०१२ मा सम्पन्न रियो प्लस ट्वान्टी सम्मेलनपश्चात् स्थापना भई कार्यरत रहेको एक अन्तरसरकारी निकाय हो। यसको सचिवालय दक्षिण कोरियाको राजधानी सिउलमा छ। यस संस्थाको हाल ४३ राष्ट्र सदस्य रहेका छन्। संस्थाको विधानअनुसार सो संस्थाको सहभागितामूलक सदस्यता लिन सकिने प्रावधान छ। मन्त्री यादवले यो सदस्यता कुनै आर्थिक भार नपर्ने र आर्थिक योगदान गर्नु नपर्ने खालको सदस्यता भएको सदनलाई जानकारी गराए।

‘जीजीजीआई’को प्रमुख उद्देश्य सदस्य राष्ट्रको सामाजिक–आर्थिक वृद्धिका लागि हरित विकासको रणनीतिमार्फत जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका कार्यक्रम कार्यान्वयन गर्ने, वातावरण र विकासबीच सन्तुलन र दिगो विकासका लक्ष्य प्राप्त गर्न टेवा पुर्‍याउनु रहेको उनले बताए। 

न्यून हरित ग्यास उत्सर्जनका बाबजुद जलवायु परिवर्तनबाट अति जोखिममा परेको राष्ट्र भएका सन्दर्भमा नेपाल सरकारले अङ्गीकार गरेका दिगो विकास, वातावरण संरक्षण, गरिबी न्यूनीकरण र समृद्ध नेपालको अवधारणालाई मूर्त रूप दिन यो सदस्यता लाभदायी हुने मन्त्री यादवको भनाइ थियो। यसले विश्वमा छरिएर रहेका जलवायुलगायतका अन्तर्राष्ट्रिय वित्त, आधुनिक प्रविधि र असल अभ्यासलाई नेपालमा ल्याउन एउटा माध्यमका रूपमा नेपालले ‘जीजीजीआई’को सदस्यता प्राप्त गर्न उपयुक्त हुने उनले बताए।

प्रस्तावको अनुमोदनबाट हुने नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेश गरेको पहिलो र दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग पुग्नेछ। यसले जलवायु कूटनीतिअन्तर्गत अन्तर्राष्ट्रिय वार्ता प्रक्रिया र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा उल्लेखित कार्य गर्न प्राविधिक सहयोग प्रदान हुने हरित विकासका लागि लगानी अभिवृद्धि गर्न राष्ट्रिय वित्तीय साधनको सवलीकरण एवं अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न मद्दत पुग्ने बताइएको छ।

सदस्यताबाट हरित विकास, जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित सफल अभ्यासको आदानप्रदान गर्न र यसका सदस्य राष्ट्रसँग सामूहिक समन्वय तथा सहकार्य गर्ने उपयुक्त माध्यमका रूपमा उपयोग गर्न सकिने विभिन्न अन्तर्राष्ट्रिय वित्तीय कोषबाट लगानी वृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिनेछ। मन्त्री यादवले नेपालले ‘जीजीजीआई’को सहभागितामूलक सदस्यताका रूपमा सदस्यता प्राप्त गर्दा स्थापना सम्झौताको पक्ष हुने तर आर्थिक योगदान गर्नु नपर्ने भएकाले कुनै पनि आर्थिक दायित्व वहन गर्नु नपर्ने स्पष्ट पार्नुभयो। यस प्रस्तावको अनुमोदनका क्रममा आरक्षणको व्यवस्था गरिएको छैन।

नेपाल सरकार (मन्त्रिपरिषद्) को विसं २०७७ भदौ १ गतेको बैठकले नेपालले ‘जीजीजीआई’को सदस्यता प्राप्त लागि नेपालको संविधानको धारा २७९ को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांश एवं नेपाल सन्धि ऐन २०४७ को दफा ४ को उपदफा (४) बमोजिम प्रतिनिधिसभामा पेश गर्न मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो। 

सो निर्णयअनुरूप मन्त्री यादवले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २२२ बमोजिम प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त गर्न सभामा प्रस्ताव पेश गरेका हुन्। 


प्रकाशित: June 23, 2022 | 19:58:58 काठमाडौं, बिहीबार, असार ९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
विदेश

अमेरिकी सैन्य विमानका पाइलट नै चीनका 'पेड-एजेन्ट', एभिएसन प्रविधिको जासुसी

अमेरिकी अधिकारीहरुका अनुसार चीनका एक पहिचान लुकाइएका व्यक्तिले मोइनियानसँग सम्पर्क गरेका थिए। उनले मोइनियालाई चीनो एभिएसन इन्डस्ट्रीका बारेमा जानकारी दिएका थिए।
नेपाल समय
विदेश

रेन्डी बेरी नामेबियाका लागि अमेरिकी राजदूतमा सिफारिस

अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख म्यानुअल पी माइकलर ताजिकस्तानका लागि राजदूतमा मनोनित भएका हुन्।
नेपाल समय
विदेश

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा

युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो। यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेख्नुभएको छ, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ। यो रूसको प्रमुख निर्यात हो। रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ।
नेपाल समय
विदेश

श्रीलंकामा इन्धन वितरणलाई सहज पार्न आजदेखि टोकनको व्यवस्था

श्रीलंकामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ। इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलंकाका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए।
नेपाल समय
विदेश

राष्ट्रसंघद्वारा भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन

संयुक्त राष्ट्रसंघले केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना