बिहीबार, जेठ १२, २०७९

शरणार्थी बनेपछि अफगानी पत्रकारले तालिवानलाई लेखिन् यस्तो पत्र

अलजजिरा  |  काठमाडौं, बिहीबार, वैशाख २९, २०७९

अलजजिरा

अलजजिरा

बिहीबार, वैशाख २९, २०७९, काठमाडौं

नेपाल समय
स्केच : जवाहिर अल नाइमी/अलजजीरा

तालिबान!

म आज तपाईँहरुबाट टाढा छु।

मेरा वरिपरी नयाँ मुहार छन्, भिन्न चेहरा, मभन्दा फरक अनि थुप्रै देशहरुबाट आएका।

म बसेको कोठा भरिभराउ छ, गर्मी छ अनि कोठाभरि सयौँ अपरिचितहरूको गन्ध फैलिएको छ

मभन्दा अगाडिकी महिला तनावमा देखिन्छिन्। बेलाबेला गोरा कुइना कन्याउँछिन्। उनको कपाल चिल्लो छ, अनि उनी मतिर बारम्बार फर्किरहेकी छिन्। किन मलाई हेरिरहेकी हुन्? मलाई उनको यस्तो हेराई मन परिरहेको छैन।

मेरा छेउमै बसेका अर्का पुरुष घुरिरहेका छन्। उनको पाखुरा हामी दुवैबीच भएको पाखुरा अड्याउनेमा अडिएको छ। लगभग मसँग टाँसिएको छ। यो क्यानडामा बस्ने 'आधारभूत सिकाई' हो रे, उनीहरुले भनेको। म उनीहरुले भनेका कुरा सुनिरहेकी छु तर आवाज प्रष्ट छैन। उनीहरुले हामीलाई अफगानिस्तानभन्दा कसरी फरक छ क्यानडाको मौसम, पसल, सडक, अनि त्यहाँको संस्कृति बताइरहेका छन्, सायद।

मेरो मुटुको धड्कन तेज भएको छ अनि म पसिनाले खलखल भएकी छु।

टाउकोमा भाला रोपेझैँ भएपछि म बाथरुम तिर लागेँ।

यहाँ त बाथरुम पनि फरक छ।

मेरा जस्तै मुहारहरु, मेरा आफन्तका मुहारहरु, मेरा साथीका मुहारहरु आज त्यही देशमा छुटेका छन् जुन देशलाई तपाईंहरुले हामीबाट खोस्नु भएको छ।

अफगानी जनताले ४० वर्षसम्म दुःख खेपे। मेरा बुवाआमाले ४० वर्षसम्म संघर्ष गरे। उनीहरु पहिले पनि एक पटक देश छोडेर फर्किसकेका छन्। म २४ वर्षकी भएँ। अनि मैले पनि २४औँ वर्ष दुःख खेपिसकेकी छु।

म अफगानी महिला हुँ। पत्रकार थिएँ। सफल थिएँ। मैले मेरो परिवार पालेकी थिएँ। अनि मलाई साथ दिने साथीहरु थिए।

अहिले म त्यस पारिवारिक वातावरणबाट सयौँ किलोमिटर टाढा छु।

यो 'सुन्दर' देशमा आएको महिनौँ भइसक्यो। झ्याल बाहिर सेता हिमाल देखिन्छन्। अनि मन अलिकति स्थिर हुन्छ।

तर घर छोड्दा जुन कपडा लाएकी थिएँ, अहिले पनि तिनै लाएकी छु। अलि मजाले कपडा सुँघ्ने हो भनेअझै घरको बास्ना आउँछ।

बास्नाहरुमा याद गढेका हुन्छन्।

अफगानी जनताले ४० वर्षसम्म दुःख खेपे। मेरा बुवाआमाले ४० वर्षसम्म संघर्ष गरे। उनीहरु पहिले पनि एक पटक देश छोडेर फर्किसकेका छन्। म २४ वर्षकी भएँ। अनि मैले पनि २४औँ वर्ष दुःख खेपिसकेकी छु।

२० वर्षपछि अफगानिस्तानलाई तपाईँहरुले फेरि कब्जा गर्नुभएको छ। हजारौँलाई विस्थापित हुन बाध्य बनाउनु भएको छ। मजस्तै हजारौँलाई। हामीलाई उन्नतिको पथमा अघि बढाउनुको साटो अझ पछि धकेल्नुभएको छ।


नेपाल समय
तालिवान संकटपछि भागेर भारत आइपुगेका अफगानी नागरिक। तस्बिर : बीबीसी

हाम्रा उपलब्धि अब अफगानिस्तानका लागि शून्य बराबर तुलिएका छन्। देश छोडेर जानेमध्ये म अन्तिम थिएँ। छोड्नु नपरोस् भनेर प्रार्थना गरिरहेकी थिएँ। 

गत वर्षको तालिवानको 'हत्या सूची'मा मेरो नाम पनि थियो। तपाईँहरु आएर  मलाई मार्नुहुन्छ भन्ने डर मेरी आमाका मनमा थियो। मैले भाग्नुपर्ने सल्लाह उहाँले दिनुभयो। 'भाइ-बहिनी र मेरोबारे चिन्ता नगर्नू, हामी ठीक हुनेछौँ,' उहाँले दिएको आश्वासन म कसरी बिर्सन सक्छु। 

मैले सबै आशा-भरोषा गुमाइसकेँ। जे कामका लागि आफूलाई विकास गरेँ, आज म त्यसैका लागि मेरो क्षमताको प्रयोग गरिरहेकी छैन। यस 'तालिम'मा दिइरहेका सूचनाका आधारमा मैले आफ्ना योजना बनाउनुपर्नेछ। तर मेरो ध्यान लागिरहेको छैन म सुन्न सकिरहेकी छैन। मैले नयाँ जीवन सुरु गर्नुपर्नेछ। तर म यहाँ चुपचाप बरफ जमेझैँ बस्न बाध्य छु।

अफगानीहरु दक्ष, तीक्ष्ण, बहादुर, मेहनती अनि दयालु छन्। उनीहरु गर्वशाली हुन्छन्, अनि आफ्ना घर-परिवारलाई सुरक्षित राख्न कुनै कसर बाँकी राख्दैनन्। कतिपय मजस्ता देश छोडेर अन्तै नयाँ जीवन सुरु गर्न बाध्य पनि छन्, किनभने हाम्रा लागि अरु कुनै विकल्प छैनन्।

000

तालिवान, अहिले म तपाईँहरुबाट धेरै टाढा छु। मेरा परिवार त्यहीँ छोडेकी हुनाले आफ्नो परिचय खुलाउन पनि सक्दिनँ।

हातमा भिसा बोकेकी मेरी असल साथी पनि मसँगै काबुल विमानस्थलमा थिइन्। गतवर्ष अगस्टमा हामीले थुप्रै योजना बनाएका थियौँ, उनी पनि पत्रकार थिइन्।

तर हामीले सँगै अफगानिस्तान छोड्न पाएनौँ। उनी पछि छोडिइन्। 

ममात्र किन बाहिरिन पाएँ?

धेरै समयको अथक प्रयासपछि उनी पनि विमानस्थलको ‘क्यानल’सम्म आइपुगेकी थिइन्। केही समयका लागि उनी पनि मजस्तै स्वतन्त्रताबाट नजिक थिइन्।

तर उनी हवाइजहाजसम्म आइपुगिनन्।

म पुगेँ। कुवेतसम्म उडेँ, एक्लै। आफूलाई भाग्यमानी ठान्छु। र म अफगानीहरुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु।

तर मेरी साथी त्यति नजिक आइपुग्दा पनि सफल हुन सकिनन्, यस दुःख, वेदना, पीरले मलाई सधैँ सताइरहनेछ।

विमानस्थलभन्दा अलि बाहिर राजधानीमा तपाईहरुले आतंक मच्चाउन थाल्नुभयो। अनि म हेरिरहेकी थिएँ यसपाली तपाईँहरुले कसरी सरकार चलाउनुहुनेछ। के यसपाली पनि उबेला हाम्रा बुवाआमाका पालाझैँ हुनेछ।

वर्षौँदेखि हामी साथै थियौँ। उनको घर मेरो थियो, मेरो घर उनको थियो। अहिले हामी दुवै जना घरविहिन छौँ। तर उनी सुरक्षित छैनन्।

विमानस्थलभन्दा अलि बाहिर राजधानीमा तपाईहरुले आतंक मच्चाउन थाल्नुभयो। अनि म हेरिरहेकी थिएँ यसपाली तपाईँहरुले कसरी सरकार चलाउनुहुनेछ। के यसपाली पनि उबेला हाम्रा बुवाआमाका पालाझैँ हुनेछ?

हामी सबैको ध्यान तपाईंहरुकै नयाँ सरकारतिर केन्द्रित थियो। शिक्षा, स्वास्थ्य, रोजगारीबारे तपाईंहरुको नीति कस्तो हुनेछ, अनि महिला र अफगानी पत्रकार।

अफगानी जनताहरु थुप्रै पटक निराश भइसकेका छन्। अमेरिकाबाट, अनि तपाईंहरुबाट पनि। तर अब हाम्रो नजर सफा भइसकेको छ। तपाईंहरुसँग हाम्रा लागि कुनै योजना छैन, न त तपाईँहरु हामीलाई नै योजना बनाउन दिनुहुन्छ।

राज्यमा मेरा साथीहरुका आवाज दबिइसकेका छन्। पत्रकारहरु आफ्नो कामलाई जारी राख्न एकदमै असुरक्षित छन्। र छोडिएका उज्ज्वल तथा बहादुर जनतालाई सुरक्षाको खाँचो छ।

विदेशी पत्रकारहरुलाई केही हदसम्म खुल्ला छ तर उनीहरुले पहिला अफगानीको आवाज सुन्नुपर्छ। किनभने अफगानीहरु बोलिरहेका छन्, चिच्याइरहेका छन्। हामीलाई उनीहरुको आवाज सुरक्षित र सम्मानपूर्वक ढङ्गले सबै समक्ष पुर्‍याउन दिइओस्।

मेरी साथी गोप्य रुपमा टेलिग्राममार्फत् अझै रिपोर्टिङ गरिरहेकी छिन्। उनी यो कार्य जारी राख्नेछिन्। मलाई उनको चिन्ता त हुन्छ तर उनी एक जिम्मेवार पत्रलार हुन्, अनि अफगानी जनताको कथा सुनाउनु नै उनको धर्म हो। त्यो दिन एअरपोर्टबाट घर फर्कँदै गर्दा उनले मलाई मेसेज लेखेकी थिइन्, 'भोलि नयाँ दिन सुरु हुनेछ, अनि म फेरि प्रयास गर्नेछु।'

मसँग पुनः भेट्ने कुरामा उनी विश्वस्त छिन्। म पनि उनलाई दिनहुँ ई-मेल लेख्छु।

तर यो कुरा उनलाई भनेकी छैन कि मेरो जीवनमा अझै पनि संघर्षको कमी भएको छैन। कहिलेकाँही बाथरुममा लुक्नुपर्छ भनेर मैले उनलाई भनेकी छैन।

यो बाथरुममा म पसेको ५ मिनेट भइसक्यो।

अनि मेरो दिमागमा अझै पनि एउटै प्रश्न घुमिरहेको छ।

'म मात्र किन बाहिरिन पाएँ?'

(अलजजिरामा प्रकाशित अफगानी शरणार्थी पत्रकारले लिन्जी बिलिङलाई सुनाएको कथामा आधारित यो सामग्री  विनायक कार्कीले भावानुवाद गरेका हुन्।)


प्रकाशित: May 12, 2022 | 10:46:37 काठमाडौं, बिहीबार, वैशाख २९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
विदेश

फ्रान्समा मंकीपक्सविरुद्धको खोप अभियान चलाइने

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो।
नेपाल समय
विदेश

डब्लूएचओ प्रमुखमा पुन: निर्वाचित भएपछि टेड्रोसको आँखामा आँशु

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँशुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।
नेपाल समय
विदेश

रूबलको अवस्था बलियो रहेको क्रेमलिनको निष्कर्ष

पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ।
नेपाल समय
विदेश

रुस- युक्रेन द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा

नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन्। उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ।
नेपाल समय
विदेश

टेक्ससस्थित एक विद्यालयमा गोली प्रहार, शिक्षकसहित १४ बालबालिकाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा १४ जना विद्यार्थीको ज्यान गएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना