बिहीबार, जेठ १२, २०७९

संकटमा फसेको अफगानिस्तानलाई नेपालको सहायता

नेपाल समय  |  काठमाडौं, शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोलि) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन्। 

परराष्ट्रमन्त्रीले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे। मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गरे। उनका अनुसार भोलि नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ। नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन।

परराष्ट्रमन्त्री खड्काले भने, ‘यो एउटा नेपालको अन्तराष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो- यो। अभियानै हो। हामीले अफगानिस्तानका लाखौंलाख जनताहरु जो, भोकमरी, त्यस्तै गरेर खाद्यन्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधि उपचारको संकटमा हुनुहुन्छ। उहाँहरुको चीतकार दिनैपिच्छे हामीहरुले अन्तराष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं। यस सन्दर्भमा हामी यो दक्षिण एशीयाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ फ्यामिलीको एउटा सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर हामीले एउटा मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं। र, भोलि यो मानवीय सहयोग लिएर यहाँबाट हवाईजहाज जान्छ।' 

मन्त्री खड्काले सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्‍ने सन्देश जाने स्पष्ट पारे। उनले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवी सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए।

मन्त्री खड्काले भने, ‘हामीलाई यो पनि देखाउनुपर्नेछ कि–हामीलाई यहाँ प्राकृतिक प्रकोप वा अन्य खालको ठूला दैवीप्रकोप पर्दाखेरी हामीले सहयोग त लिन्छौं नै। र, हाम्रो सधैंभरी बाहिरबाट अन्तराष्ट्रिय इमेज कस्तो भएको छ त भन्दाखेरी हरेक कुरामा हामी माग्ने, अर्काको भरपर्ने खालको इमेज बाहिर गयो। त्यो इमेजलाई हामीले सुधारेर अन्तराष्ट्रिय जगतमा नेपालले पनि गर्न सक्छ, नेपालको पनि त्यो क्षमता छ।' 

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए। उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदुतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरे।

उनले भने, ‘यो एउटा मानवीय सहयोगको मिसन हो, मैले भनि हाले। यो मिसनमा संयुक्त राष्ट्र संघ, यहाँका हाम्रा मिसनहरुको ठूलो सहयोग छ। सरकारलाई एक पैसाको दायित्व नपारीकन यो एउटा अभियान हो। देशको इमेज बिल्डर गर्न, हाम्रो क्षमता छ भन्ने कुरा सावित गर्न एउटा मिसन हो यो। संयुक्त राष्ट्र संघ, त्यसै गरेर बाटोमा पर्ने एयर स्पेस, हामीले ओभर फ्लाईट परमिसन भारतको पनि प्राप्त भएर मुख्य कुरा कावुलमा हाम्रो जहाज ल्याण्ड गर्दाखेरी सबै सुरक्षाको प्रबन्ध र सुरक्षित तरीकाले ह्याण्डओभर गर्ने र सुरक्षित तरिकाले हाम्रो जहाज स्वदेश फिर्ता गर्ने व्यवस्था गर्न धेरै मेहनत गर्नु पर्‍यो।'

संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ। लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ। 



प्रकाशित: January 15, 2022 | 20:11:00 काठमाडौं, शनिबार, माघ १, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
विदेश

फ्रान्समा मंकीपक्सविरुद्धको खोप अभियान चलाइने

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो।
नेपाल समय
विदेश

डब्लूएचओ प्रमुखमा पुन: निर्वाचित भएपछि टेड्रोसको आँखामा आँशु

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँशुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।
नेपाल समय
विदेश

रूबलको अवस्था बलियो रहेको क्रेमलिनको निष्कर्ष

पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ।
नेपाल समय
विदेश

रुस- युक्रेन द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा

नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन्। उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ।
नेपाल समय
विदेश

टेक्ससस्थित एक विद्यालयमा गोली प्रहार, शिक्षकसहित १४ बालबालिकाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा १४ जना विद्यार्थीको ज्यान गएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना