सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानद्वारा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करण सुरू

पाकिस्तानद्वारा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करण सुरू

नेपाल समय  |  काठमाडौं, शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८, काठमाडौं

नेपाल समय

इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार देशमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करणको सुरुवात गरेका छन्। 

यसलाई देशमा समावेशी विकासका लागि ‘सबै समेट्ने’ ढाँचा भनिएको छ। यहाँ आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै खानले पाकिस्तानको सुरक्षा आफ्ना नागरिकको सुरक्षामा रहेको धारणामा यो नीतिगत रोडम्याप नागरिक केन्द्रित रहेको बताए। 

कुनै पनि राष्ट्रिय सुरक्षा पद्धतिले विभेदरहित मौलिक हक र सामाजिक न्यायको प्रत्याभूति दिलाउँदै राष्ट्रिय सहमति र जनताको समृद्धिलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्री खानले बताए।

नागरिकहरूको विशाल क्षमता प्राप्त गर्न पाकिस्तानले वितरणमा आधारित सुशासनलाई बढावा दिनु आवश्यक भएको उनको तर्क छ । 

खानले पाकिस्तानको विदेश नीति र सैन्य क्षमताको प्रमुख लक्ष्य यस क्षेत्र र त्यसभन्दा बाहिर शान्ति र स्थिरता रहने बताउँदै पाकिस्तानको विदेश नीति आर्थिक कूटनीतिसँगै सम्बन्ध प्रवर्द्धनमा पनि धेरै केन्द्रित हुने बताए।

सो अवसरमा पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले परम्परागत र गैर परम्परागत दुवै मुद्दाले पाकिस्तानको सुरक्षामा असर पार्ने भएकाले यो नीतिगत ढाँचाले राष्ट्रिय सुरक्षालाई व्यापक रुपमा लिएको बताए।

राष्ट्रिय सुरक्षा नीति आर्थिक सुरक्षाको वरिपरि केन्द्रित छ र भू–रणनीतिक रणनीति तथा अपेक्षाहरूमा पाकिस्तानको सुरक्षालाई सुदृढ पार्न र विश्वमा खडा हुन पनि प्रमुख भूमिका रहेको युसुफले बताए। राष्ट्रिय सुरक्षा नीतिलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र संघीय मन्त्रीमण्डलले डिसेम्बरको अन्ततिर अनुमोदन गरेको थियो ।


प्रकाशित: January 15, 2022 | 00:30:00 काठमाडौं, शनिबार, माघ १, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शनिबार, माघ १, २०७८

थप समाचार

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढीलाई कोरोना

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका छन्।

युक्रेनको बारेमा ह्वाइट हाउसको टिप्पणी सूचना दबाब : रुस

रूसी दूतावासले युक्रेनमा आक्रमणको लागि मस्कोको कथित तयारीको बारेमा ह्वाइट हाउसको हालैको टिप्पणीलाई सूचना दबाबको रूपमा वर्णन गरेको छ।

यूएईको ध्वजावहाक जहाजलाई छोड्न राष्ट्रसंघद्वारा यमनी विद्रोहीलाई आह्वान, हुथीद्वारा प्रस्ताव अस्वीकार

यमनका हुथी विद्रोहीले हतियार बोकेको भन्दै यस महिनाको शुरुमा आफूले बरामद गरेको संयुक्त अरब इमिरेट्सको ध्वजाबहाक जहाजलाई छोड्न अस्वीकार गरेका छन्। जहाज छोड्न संयुक्त राष्ट्रसंघले गरेको अनुरोधलाई शनिबार उनीहरूले अस्वीकार गरेका हुन्।

संकटमा फसेको अफगानिस्तानलाई नेपालको सहायता

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोलि) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन्।

उत्तर प्रदेश चुनाव : भाजपामा राजीनामाको लहर, समाजवादी र भाजपाबीच भिडन्त

लोहडी पर्वको अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बिहान सबैलाई बधाई तथा शुभकामनाको सन्देश दिए। तर लोहडी पर्वको दिउँसो भने भारतीय सत्तारुढ तथा प्रदेशमा पनि सत्तारुढ रहेको भारतीय जनता पार्टी सन्‍नाटा छायो।

दिल्लीका १५ प्रतिशत शैयामा मात्रै कोभिड बिरामी भर्ना

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेका छन्। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C