सोमबार, माघ ३, २०७८

इटालीमा पनि ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित भेटियो

नेपाल समय  |  काठमाडौं, सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८, काठमाडौं

नेपाल समय

रोम- इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा)ले आइतबार समाचार सम्प्रेषण गरेको छ।

संक्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ। एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले  दुवै मात्रा खोप लगाइएको थियो। 

आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ, 'दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा सुरु गरिएको छ।

मिलानस्थित साक्को अस्पतालमा परीक्षण पछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो।

बिरामी र उनका परिवार सबै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको र अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको आइतबार इटालीको नेशनल इन्स्टिच्यूट अफ हेल्थले जानकारी गराएको छ। 

विश्व स्वास्थ्य संगठनले गत शुक्रबार सार्स–कोभ–२ को नवीनतम संस्करण बी.१.१.५२९ लाई ‘चिन्ताको विषय’ घोषणा गरेको थियो। संगठनले यो संस्करणलाई कोभिडको खतरनाक भाइरस भन्दै आधिकारिक रूपमा यसलाई ग्रीक नाम ओमिक्रोन दिएको थियो। विश्व स्वास्थ्य संगठनले विश्व समुदायलाई यस नयाँ ‘भेरियन्ट’ विरुद्ध निगरानी र नियन्त्रणको प्रयासलाई अझ बढाउन आग्रह गरेको छ। 

शनिबार इटालियाली स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले विगत १४ दिनमा दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बाबे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी र मलावीको भ्रमण गरेका मानिसहरूमाथि यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए। 


प्रकाशित: November 29, 2021 | 00:30:00 काठमाडौं, सोमबार, मंसिर १३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, मंसिर १३, २०७८

थप समाचार

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढीलाई कोरोना

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका छन्।

युक्रेनको बारेमा ह्वाइट हाउसको टिप्पणी सूचना दबाब : रुस

रूसी दूतावासले युक्रेनमा आक्रमणको लागि मस्कोको कथित तयारीको बारेमा ह्वाइट हाउसको हालैको टिप्पणीलाई सूचना दबाबको रूपमा वर्णन गरेको छ।

यूएईको ध्वजावहाक जहाजलाई छोड्न राष्ट्रसंघद्वारा यमनी विद्रोहीलाई आह्वान, हुथीद्वारा प्रस्ताव अस्वीकार

यमनका हुथी विद्रोहीले हतियार बोकेको भन्दै यस महिनाको शुरुमा आफूले बरामद गरेको संयुक्त अरब इमिरेट्सको ध्वजाबहाक जहाजलाई छोड्न अस्वीकार गरेका छन्। जहाज छोड्न संयुक्त राष्ट्रसंघले गरेको अनुरोधलाई शनिबार उनीहरूले अस्वीकार गरेका हुन्।

संकटमा फसेको अफगानिस्तानलाई नेपालको सहायता

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोलि) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन्।

उत्तर प्रदेश चुनाव : भाजपामा राजीनामाको लहर, समाजवादी र भाजपाबीच भिडन्त

लोहडी पर्वको अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बिहान सबैलाई बधाई तथा शुभकामनाको सन्देश दिए। तर लोहडी पर्वको दिउँसो भने भारतीय सत्तारुढ तथा प्रदेशमा पनि सत्तारुढ रहेको भारतीय जनता पार्टी सन्‍नाटा छायो।

दिल्लीका १५ प्रतिशत शैयामा मात्रै कोभिड बिरामी भर्ना

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेका छन्। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C