मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • विदेश
  • प्रतिबन्ध नहटाए वैश्विक सुरक्षा चुनौती आउनसक्ने तालिबानको चेतावनी

प्रतिबन्ध नहटाए वैश्विक सुरक्षा चुनौती आउनसक्ने तालिबानको चेतावनी

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय

काबुल- तालिबानले आफ्नो सत्तामाथि प्रतिबन्ध लगाएर कमजोर बनाउने अमेरिका र युरोपियन देशहरुको प्रयासले वैश्विक सुरक्षामा असर पुर्‍याउनसक्ने चेतावनी दिएको छ। जसका कारण मानिसहरु अफगानिस्तानबाट पलायन हुने संख्या थप बढ्नसक्ने बताइएको छ। 

अफगानिस्तानका कार्यकारी विदेशमन्त्री आमिर आन मुत्तकीले विदेशी सहायता आउने मुलुकहरुलाई आफूमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गरेका छन्। उनले अफगान बैंकको सम्पत्ति रोक्का फुकुवा गरेपछि कामदारहरुलाई तलब दिन सकिने उनले बताएका हुन्। 

मंगलबार जी-२० सदस्य राष्ट्रहरुको भर्चुअल सम्मेलन गर्दै अफगानिस्तानमा मानवीय संकट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तालिबानले यस्तो प्रतिक्रया दिएको हो। जी-२० सदस्य राष्ट्रहरुले तालिबानले मानवअधिकारको सम्मान गर्नुपर्ने बताइएको छ। 

अफगानिस्तानको निर्वाचित सरकार अपदस्थ गर्दै तालिबानल अगस्त १५ मा सत्ता कब्जा गरेको थियो। तािलबानले सत्ता कब्जा गरेसँगै हजारौं अफगानीहरुले देश छोडेका छन् भने लाखौंले मुलुक छोड्ने प्रयास गरिरहेका छन्। 

तालिबानले महिलाहरुलाई एक्लै घरबाट निस्कन नपाउने प्रावधान लागु गरेको छ भने पुरुषहरुलाई दाह्री पाल्नुपर्ने, महिलाहरु विद्यालय तथा जागिर गर्नबाट वञ्चित भएका छन्। अगस्त ३१ मा अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै अफगानिस्तानलाई गर्दै आएको विदेशी सहयोगमा पनि प्रतिबन्ध लागेको छ। जसका कारण अफगानिस्तानमा आर्थिक संकट देखिएको छ। द-हिन्दुबाट साभार



प्रकाशित: October 14, 2021 | 09:05:00 काठमाडौं, बिहीबार, असोज २८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

बंगलादेशमा मुसलमानको ज्यादतीविरुद्ध भोक हड्ताल घोषणा

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन्।

तालिबानी प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरीको भविष्य

एक महिनाअघि तालिबानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन्।

भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत

पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका सङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

म्यानमारले जेलमा रहेका पाँच हजारभन्दा बढी प्रदर्शनकारी मुक्त गरिने

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने भएको छ।

देउवा प्रधानमन्त्री भएकै बेला नेपाल आएका कोलिन पावेलले के भनेका थिए?

तत्कालीन अमेरिकी विदेशमन्त्री पावेलले माओवादीविरुद्ध सरकारी कारबाहीमा ऐक्यबद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए।

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाले मृत्यु

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको सोमबार मृत्यु भएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C