घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्यांक राख्ने व्यवस्था मिलाइएको छ। विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन्।
सरकारले बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागिताजस्ता विषय सम्बोधन गर्दै आएको परिणामस्वरुप बालबालिका सम्बद्ध विभिन्न समष्टिगत सूचकमा उल्लेख्य सुधार आएको हो।