सोमबार, असोज ४, २०७८

'गन'ले अन्याय, 'गन'ले न्याय-३

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती


अनिल यादव
अनिल यादव | काठमाडौं, सोमबार, साउन ३२, २०७८

चितवन- 

'छोरी, छिट्टै आउँछु है, टाटा !'

०७५ पुस १ गते भर्खर तीन महिना पुगेकी नवजात छोरीलाई यसै भनेर घरबाट बिदा भएका थिए, सरोज तामाङ। तर, अढाइ वर्ष पुगिसक्यो, उनी घर फर्किएका छैनन्। जिल्ला कारागार चितवनमा 'एसएमजी गन' चोरी गरेको अभियोगमा सजाय काटिरहेका छन्। 

हामीले यसअघिको शृंखलामै खुलाइसक्यौँ, नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी गन हराएको अभियोगमा नेपाली सेनाका सिपाही सरोज र अमल्दार लवकुमार गुरुङ पक्राउ परेका थिए। उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको यातनापछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। 

तर, उनीहरुले लुकाएको भनिएको 'गन' अर्कैले चोरेको पाइएपछि यतिबेला यो घटनाले नयाँ मोड लिएको छ। ०७ साउनमा चितवनमा भएको नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा संलग्न सैनिक गंगाधर ढकालले आफूबाट बरामद भएको गन दुईवर्ष अघि कालीबहादुर गणबाटै चोरेको बयान दिएपछि कारागारमा सजाय काटिरहेका दुई सैनिकलाई यतिबेला न्याय पाउने आशा जागेको छ। 'गन' अर्कैले चोरेको खबर बाहिरिएपछि पति छुट्लान् भन्ने आश मारिसकेका दुई सैनिकका पत्नीहरू पतिको रिहाइ हुनेमा आशावादी भएर चितवन आइपुगेका छन्। 

प्रहरीका भुपु हवल्दारसमेत रहेका कृष्णबहादुर त मन दह्रो बनाएर बोले, तर सरोजकी श्रीमती उर्मिला र आमा मायाले सरोजले भोगेको यातना सुनाउँदा मन थाम्न सकेनन्। बोल्दाबोल्दै पटक–पटक भक्कानिए। 

नेपाल समयकर्मी पनि यही प्रकरणबारे बुझ्न शनिबार चितवन पुगेको थियो। शनिबार नै लवको परिवार पनि चितवन आइपुगेको थियो। लव र उसको परिवारले भाेगेको यातनाको वृत्तान्त हामी अर्को शृंखलामा पस्कदैछौँ। तर, यो शृंखलामा भने सरोजको परिवारले भाेगेको यातनाको कथा छ।

आइतबार बिहानै चितवन आइपुगेको थियो सरोजको परिवार। सरोजकी आमा माया तामाङ, बुबा कृष्णबहादुर तामाङ र श्रीमती उर्मिला मगर, तीनै जनालाई सँगै राखेर हामीले कुराकानी गरेका थियौँ। प्रहरीका भुपु हवल्दारसमेत रहेका कृष्णबहादुर त मन दह्रो बनाएर बोले, तर सरोजकी श्रीमती उर्मिला र आमा मायाले सरोजले भोगेको यातना सुनाउँदा मन थाम्न सकेनन्। बोल्दाबोल्दै पटक–पटक भक्कानिए। 

०००

८ वर्षअघि झापास्थित चारआलीमा रहेको सैनिक ब्यारेकमा पोस्टिङमा रहेका बेला खुदुनाबारीकी उर्मिलासँग सरोजको प्रेम बसेको थियो। बिहे गरेको चार वर्षपछि ०७५ असोजमा उनको छोरी जन्मिएकी थिइन्। 

मोरङ सुन्दरहरैँचास्थित उनको घरमा खुशीको माहोल थियो। कालीबहादुर गणमा कार्यरत उनले त्यही खुशीमा सरिक हुन मंसिरको अन्त्यतिर ४ दिनको बिदा लिएका थिए। 

त्यही बेला नवजात छोरी बिरामी परेकी थिइन्। उर्मिला र सरोज दुवै छोरीलाई जचाउँन विराटनगरको अस्पताल पुगेका थिए। अझै केही दिन उर्मिलासँगै बस्ने रहर त थियो तर पुस १ गते हाजिर हुनुपर्ने बाध्यताका कारण उनी त्यही दिन बिहानै हतार गरेर घरबाट निस्किएका थिए। 

'आमा, तालिम पर्न सक्छ, अलिकति पैसा दिनुन् भनेको थियो। मैले मसँग भएको ७ हजार दिएर पठाएकी थियो,' आमा माया सम्झिन्छिन्। 

घरबाट निस्किएको दुई दिनसम्म उनी सम्पर्कमा आएनन्। एक्कासी पुस ३ गते उनले श्रीमतीलाई आत्तिँदै फोन गरे। भने, 'यहाँ हतियार हराएको छ, हामीलाई धेरै पेलिरहेका छन्।'

आमाबाको मन न हो, छोराले कतै झुक्किएर गल्ती गरेकै हो कि! मायाले धेरैपल्ट सरोजसँग जिज्ञासा राखिन्। 'तर, छोराले स्वीकारेन,' माया सम्झिन्छिन्,'आमा, तपाईंको दूधको कसम मैले चोरेको होइन भन्यो। कहिल्यै रुन्थेन तर खुब रोयो त्यो दिन।'

उर्मिला पनि आत्तिइन्। घरमा बुबाआमा सबैलाई सुनाइन्। सबै चिन्तित भए। फोन सम्पर्क गर्ने प्रयास गरे, तर त्यसपछि चार दिनसम्म सम्पर्क हुन सकेन। 

एक्कासी ८ गते फोन आयो। फोनबाट निकै डराइरहेको आवाजमा सरोजले उर्मिलालाई भने, 'मलाई नखोज तिमीहरू। म मर्छु कि बाँच्छु थाहा छैन।'

'त्यसपछि म तीन महिनाको नानी च्यापेर चितवन आउनुपर्‍यो,' यो भन्दै गर्दा उर्मिलाको गला अवरुद्ध भयो। आँखाबाट आँशु रोकिएन। केहीबेरको मौनतापछि उनी फेरि बोलिन्, 'तर, मलाई भेट्न दिइएन। मेरो श्रीमान् कहाँ छ, कुन अवस्थामा छ, केही भनिएन। पछि थाहा भयो, जर्बजस्ती कुटेर, पिटेर, अनि धम्क्याएर बन्दुक मैले निकालेर दिएको हो भन्न लगाइएछ।'


त्यतिबेला 'गन' चोरीको छानबिन गर्ने जिम्मा पाएका सहायक रथी सहदेव खड्का, मेजर दीपेन्द्र श्रेष्ठलगायतले नै दुई सैनिकलाई फसाएको आरोपित दुवै सैनिकका परिवारको दाबी छ। 

सरोज र लवलाई सैनिक हिरासतमा राखेर चार महिना लगातार यातना दिइयो। आँखामा पट्टी, हात र खुट्टा दुवैतिर हतकडी लगाएर मरणोसन्न हुने गरी कुटपिट गरियो। कारागारमा रहेका सरोजले यसअघिको शृंखलामा हामीसँग के खान दिइन्थ्यो, त्योसम्म थाहा नहुँदा पनि भोक मेट्नका लागि खाने गरेको बताएका थिए। 

जतिबेला उनीहरू सैनिक हिरासतमा थिए, त्यतिबेला नेपाली सेनाका सिपाही पटकपटक मोरङस्थित सरोजको घरसम्म पुगे। बन्दुक कहाँ लुकाएको छ भनेर पटकपटक परिवारलाई सोधपुछ गरे।

कतै लुकायो कि? झोलामा के बोकेर ल्याउँथ्यो? कति पैसा लिएर आउँथ्यो? उर्मिलाका अनुसार अनेक प्रश्न सोधेर 'टर्चर' दिइन्थ्यो। 

आफू सुत्केरी भएका बेला श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।

'हामीले धेरैको ढोका ढकढक्यायौँ, धेरैलाई गुहार माग्यौँ तर कसैले सुनेनन्,' सरोजकी पत्नी उर्मिला भन्छिन्, 'सबैले एउटै जवाफ फर्काए, यो सेनाको मुद्दा हो, केही गर्न सकिँदैन।'

धेरै प्रयत्न गर्दा पनि त्यसपछि तीन महिनाभन्दा बढी सरोजसँग परिवारको सम्पर्क हुन सकेन। एकैपटक ०७६ वैशाखको सुरुवाततिर सरोजको फोन आयो, 'मलाई चितवन कारागारमा ल्याइएको छ।

०००

०७६ वैशाख ८ गते । आमा, बुबा र श्रीमती सबैजना सरोजलाई भेट्न चितवन कारागार पुगे।  

आमाबाको मन न हो, छोराले कतै झुक्किएर गल्ती गरेकै हो कि! मायाले धेरैपल्ट सरोजसँग जिज्ञासा राखिन्। 'तर, छोराले स्वीकारेन,' माया सम्झिन्छिन्,'आमा, तपाईंको दूधको कसम मैले चोरेको होइन भन्यो। कहिल्यै रुन्थेन तर खुब रोयो त्यो दिन।'

यो सम्झिँदै गर्दा मायाले पनि आँशु थाम्न सकिनन्। छोरालाई अन्याय भएको सम्झिएर खुब रोइन्।


सरोजका बुबाआमा।

'खुब कुटो अरे मेरो छोरालाई,' आमाले सुनाइन्, 'हामीले भेट्दा पनि खुट्टा पटपटी फुटेको थियो। के भयो भनेर सोध्दा- आँखामा पट्टी बाधिदिन्थ्यो, डमडम कुट्थ्यो, अनि मल्हम दिन्थ्यो भनेर सुनायो।'

'नङ त भालुकोजस्तो लामा भइसकेका थिए। जर्बजस्ती साइन गराउन लगायो। लास्टाँमा नसकेर बाँच्नका लागि उनीहरूले जे भन्न लगाए, त्यही भन्दिएँ भन्यो,' उनले थप सुनाइन्। 

०००

उर्मिलाका अनुसार सरोजसँग करिब एक वर्षसम्म राम्रोसँग सम्पर्क हुन सकेन। 'उहाँसँग पैसा हुन्थेन, मसँग पनि हुन्थेन, त्यसैले सम्पर्क हुन सकेन,' उर्मिला भन्छिन्, 'तर, फोन गरेका बेला खाली मैले गल्ती गरेको छैन, केही गर, मलाई निकाल भन्नुहुन्थ्यो। तर, हाम्रो कुरा कसैले सुन्थेन।'

'तिमीहरूले यो केस अघि बढायौँ भने तेरो श्रीमती गायब गर्दिन्छु' भनेर सरोजलाई धम्कीसम्म आएको बताउँछिन्, उर्मिला। कारागारमा पुगेपछि दुई पल्ट मात्रै भेट्न पाएकी छिन्, उर्मिलाले। त्यसपछि कोरोनाका कारण भेट्न पाइनन्। अहिले चितवन आउँदा पनि कोरोनाकै कारण भेट्न पाएकी छैनन्। 

'छोरीले खाली सोध्छ- बाबा खोइ? के भन्नु? हामीसँग उसलाई दिने कुनै जवाफ नै छैन,' सायद सरोज जेलबाट छुटेपछि सबैभन्दा पहिले छोरीलाई नै बोक्छन् होला, उर्मिलालाई त्यस्तै लाग्छ। 

आफू सुत्केरी भएका बेला श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।

'तैले बयान दिइनस् भने तेरो श्रीमतीलाई दिल्ली लगेर बेचिदिन्छु' छानबिनको जिम्मा पाएका सेनाले सरोजलाई यसो भनेर दिएको धम्की उनले जब थाहा पाइन्, त्यसपछि खुब डराएकी थिइन् उनी। त्यही डरले जागिर सुरु गरेपछि पनि उनी दुई महिनासम्म घरमै बसिन्, अफिस जान सकिनन्।

'मलाई अहिले पनि डर लाग्छ, आर्मीको गाडी देख्यो भने,' यो भन्दै गर्दा उनी फेरि पनि हामीलाई सोधिरहेकी थिइन्, 'यो सबै कुरा भन्दा हामीलाई अप्ठेरो त हुँदैन! सेनाले केही त गर्दैन! उहाँ(सरोज)लाई झन गाह्रो त बनाउँदैन!'

यसले उनीभित्र सेनाको बर्दीदेखि रहेको डर प्रष्टै झल्काउँथ्यो। भनिरहेकी थिइन्, 'मेरो छोरी अहिले ४ वर्ष लागिसकी। अझै पनि मेरो छोरी मसँग आउन मान्दिनँ। सानोमा छोरीलाई छोडेर काममा जाने रहर कसलाई हुन्छ र? तर, मलाई बाध्यता भयो।'

'सरोज निकै अनुशासित थियो,' बुबा कृष्णबहादुर भन्छन्, 'म ०५५ सालमा प्रहरी सेवाबाट रिटायर्ड भएको थिएँ। त्यतिबेला ऊ 'अब म तपाईंको बिडो थाम्छु, देशका लागि लड्छु' भन्दै सेनामा भर्ती भएको थियो। तर, आज त्यही रहरले उसलाई जेलमा सडायो।'


सरोजका बुबा कृष्णबहादुर (दायाँ)

अहिले 'गन' अर्कैले चोरेको खबर बाहिरिएपछि उर्मिलालाई श्रीमानले चाँडै न्याय पाएर घर फर्किएलान् भन्ने आश छ। 

'छोरीले खाली सोध्छ- बाबा खोइ? के भन्नु? हामीसँग उसलाई दिने कुनै जवाफ नै छैन,' सायद सरोज जेलबाट छुटेपछि सबैभन्दा पहिले छोरीलाई नै बोक्छन् होला, उर्मिलालाई त्यस्तै लाग्छ। 

('गन' प्रकरणमा सरोजसँगै कारागारमा रहेका सेनाका अमल्दार लव कुमार गुरुङले आफूले मात्रै यातना भोगेनन्, उनका भाइ र जेठीसासु समेत ११ महिना कारागार बस्नुपर्‍यो। यही प्रकरणले उनकी पत्नीले २५ दिन हिरासतमा रात बिताउनुपर्‍यो। यसको विस्तृत कथा अर्को शृंखलामा)

शृंखलाको पहिलो भाग पढौं- 

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।...

शृंखलाको दोस्रो भाग पढौं:

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। 
अनिल यादव

अनिल यादव

काठमाडौं, सोमबार, साउन ३२, २०७८

थप समाचार

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

अनियमितताको विषयमा भने त्यस्तो केही नदेखिएको भन्दै प्रकरणलाई इन्क्वायरीले नै अन्तै मोड्यो। त्यसपछि सिम्खडा र गुरुङविरुद्ध नेपाली सेनाको अभियोजन महाशाखाले अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा चलायो।

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।

दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिकले पाए न्याय!

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।

निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

उनी यतिखेर आशावादी छिन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C