सोमबार, असोज ४, २०७८

खुल्यो हनुमानढोका संग्रहालय, यस्ता छन् नयाँ आकर्षण

महेश्वर आचार्य  |  काठमाडौं, बुधबार, भदौ ३०, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, भदौ ३०, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द रहेको हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ। कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत वैशाखदेखि बन्द थियो।

हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालले कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार संग्रहालय खुला गरिएको बताए। ‘सरकारद्वारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संग्रहालय खुला गरिएको हो,’ उनले भने। सार्वजनिक बिदासहित साताको सातै दिन संग्रहालय खुला रहनेछ।

‘मुख्य संग्रहालय भवन पुनर्निर्माण सम्पन्न भइसकेपछि संग्रहालय भवन पूर्णरुपमा सञ्चालनमा आउने छ,’ खनालले भने, ‘पूर्णरुपमा सञ्चालनमा नआउँदासम्म ढुकुटी भवनमा गरगहना प्रदर्शनीसहित अन्य चोकको अवलोकनको व्यवस्था मिलाइएको छ।’

कुनै महामारी वा बन्दाबन्दी नभएको अवस्थामा संग्रहालय अब नियमित खुला रहनेछ। तत्कालको लागि पुरानो गरगहना सम्बन्धीको प्रदर्शनी खुला गरिएको छ भने दरबारभित्र रहेको नासल चोक, लोहः चोक, पुतली बगैंचा अवलोकनको लागि खुला गरिएको छ।

त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ। २०२८ साल माघ ९ गते महेन्द्रमाथि जनकपुरको जानकी मन्दिर परिसरमा बम प्रहार गरिएको थियो।

हनुमानढोका दरबार संग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ। सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी तीन सय रुपियाँ टिकट निर्धारण गरिएको छ। नेपाली आगन्तुकलाई ३० रुपियाँ टिकट तय गरिएको छ।

नयाँ आकर्षण गहना प्रदर्शनी

२०६८ सालमा हनुमान ढोका दरबार क्षेत्रभित्रको न्हुच्छे चोक र फरासखाना बीचमा रहेको जीर्ण भवनमा पाइएको ऐतिहासिक गहनाहरु पनि संग्रहालयको थप आकर्षण हो।



‘परम्परागत गहना तथा संस्कारका सामग्री’ खण्डमा देवीदेवतालाई चढाइएको ऐतिहासिक गरगहनालागयतका सामग्री छन्। ती गहनाहरु विस १९०३ देखि १९९० सम्मको भएको अनुमान छ। विस २०६८ सालमै राजतन्त्र हटेर गणतन्त्र स्थापित भएपछि शाहकालीन समयमा पूजाआजामा प्रयोग हुने सरसामान पनि सो खण्डमा प्रदर्शनीमा राखिएको छ।

‘विगतमा गरगहना भनेको शासक तथा कुलिन वर्गको शोखको वस्तु भएकाले यी सामग्रीले त्यो बेलाको रहनसहन र भेषभूषा बुझन् मद्दत गर्दछ,’ त्रिवि केन्द्रिय संस्कृति विभाग प्रमुख प्रा। मदन रिमाल भन्छन्, ‘युरोप र अमेरिकाका कतिपय संग्रहालयमा नेपालकै पुरातात्विक सामग्री विषेश आकर्षणका साथ प्रदर्शित छन्। यहाँ पनि त्यस्ता सामग्री प्रदर्शन हुनु निश्चय नै राम्रो हो।’

प्रदर्शनीमा पुजाथाली, कचौरा, तुलसीपत्रको माला तथा विभिन्न देवालयमा जात्रा, पर्वमा प्रयोग हुने भाँडाकुँडालगायतका सामग्री छन्। प्रायः सामग्री चाँदी तथा सुनका छन् । विफर महामारी हुँदा शीतलादेवी माईलाई चढाइएको सामग्री पनि प्रदर्शनमा छन्।

प्रदर्शनीमा १५ सय वर्षअघिको लिच्छिविकालीन सिक्का पनि छ। २०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनःनिर्माण गर्दा जगमा भेटिएको सो सुनको सिक्का छैठौं शताब्दीको जिष्णुगुप्तको पालाको हो।

सतीप्रथा बारे बताउने गहना

‘रानी राजराजेश्वरीले सती जानुअघि आकाश देवातालाई कुण्डल र वायु देवतालाई हार चढाएको बुझिन्छ,’ गहानाको लिपि अध्ययन गरेका लिपिविज्ञ श्यामसुन्दर राजवंशीले भने, ‘लिपि सानो अक्षरमा देवनागरीमा लेखिएको छ भने चढाइएको हार र कुण्डल वास्तविक आकारको छ।’



गहना सती प्रथाबारेको पहिलो ठोस प्रमाण भएको पुरातत्वविद्हरु बताउँछन्। ‘यसअघि सती प्रथाबारे ठोस प्रमाण भेटिएको थिएन,’ पुरातत्व विभागका पूर्वमहानिर्देशक तथा अन्वेशक विष्णुराज कार्की भन्छन्, ‘यी गहना सती प्रथाबारे आधिकारिक रुपमा बुझ्न सघाउने ठोस प्रमाण हुन्।’

गहनामा लिपि र मिति पनि भएकाले महत्वपूर्ण मानिएका छन्।’ राजवंशी भन्छन्। ‘सती जाँदा गहना चढाउने वा चढाइएको बारे थाहा थिएन,’ प्रा. रिमाल भन्छन्, ‘यी गहनाले इतिहास र संस्कृतिको नयाँ पाटो खोलेको छ।’

विस १९४२ मा औपचारिक रुपमा नारायणहिटी सर्नुअघिको राजदरबार हनुमानढोकामै थियो। विभिन्न कालखण्डमा निर्माण तथा पुनःनिर्माण भएको हनुमानढोका दरबार लिच्छविकाल देखिकै भवन हो। रत्न मल्ल हनुमानढोका दरबारमै थिए भन्ने प्रमाण भेटिएको छ। मल्ल कालभन्दा अघिको लिच्छिवि शासनकालदेखि नै यहाँ केही न केही महत्वपूर्ण भवन थिए।

काठमाडौं उपत्यकामा तीनवटा मल्ल दरबार अर्थात् हनुमान्ढोका दरबार, पाटन दरबार भक्तपुर दरबार छन्। नेपाल भाषामा यी तीनैवटा दरबारको क्षेत्रलाई ‘लाय्कु’ भनिन्छ।

हनुमानढोका दरबारको पुरानो नाम गुनपो थियो। राजा प्रताप मल्ले वि.स. १७२९ मा दरबारको मूलढोकाको बायाँपट्टि हनुमान स्थापना गरेपछि मात्र यस दरबारको नाम हनुमानढोका दरबार भएको हो।

हनुमानढोका दरबार संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकको अवलोकनको केन्द्र हो। यस दरबार संंग्रहालयमा कोरानो महामारीअघि वार्षिक एक लाख ३३ हजार आगन्तुक आएका थिए।

२०७२ को भूकम्पमा हनुमान ढोका दरबार क्षेत्रको ७० भन्दा बढी सम्पदामध्ये  ११ वटाबाहेक अन्य सम्पदा पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भए। केहीको पुनःनिर्माण सकिएको छ भने केही सम्पन्न हुने क्रममा छन्।


प्रकाशित: September 15, 2021 | 06:15:00 काठमाडौं, बुधबार, भदौ ३०, २०७८
महेश्वर आचार्य

महेश्वर आचार्य

काठमाडौं, बुधबार, भदौ ३०, २०७८

थप समाचार

सङ्खुवासभा हत्या घटना : लोकबहादुरका भाइसहित ४ जना अनुसन्धानमा तानिए

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ।

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।

७३४ संक्रमित थपिए, २१ हजार ३६० जनाले कोभिडको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मल नल्याएर कालोसूचीमा परेका ठेकेदार र महामारीमा हात उठाउने अस्पताल निर्देशकलाई पनि पदक

रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाएका छन्।

नयाँ पत्रिकाका कृष्णज्वाला र वीरका अशेषले पनि अस्वीकार गरे पदक

नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि सरकारले दिएको पदक अस्वीकार गरेका छन्।

पत्रकार नारायण अमृत, हरिबहादुर थापा र कार्टुनिस्ट रविन साय‍्मिले गरे पदक अस्वीकार

नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकाजका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय‍्मिले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक अस्वीकार गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C