सोमबार, असोज ४, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • राजनीतिक कार्यकर्तालाई पोस्‍ने गरी राखिएको प्रावधान हटाउन निर्माण व्यवसायीको माग

राजनीतिक कार्यकर्तालाई पोस्‍ने गरी राखिएको प्रावधान हटाउन निर्माण व्यवसायीको माग

नेपाल समय  |  काठमाडौं, मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं-  नेपाल निर्माण व्यवसायी महासंघले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत् १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई पोस्‍ने गरी आएको सो प्रावधान मान्य नहुने चेतावनी दिँदै तत्काल हटाउन सरकारसँग माग गरेको हो। 

महासंघका अध्यक्ष रवि सिंहले एक करोडसम्मको बजेटको निर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत् गर्ने सरकारको निर्णयले मुलुकमा भ्रष्टाचार बढेको बेला सरकारले श्रम समूह बनाएर १० करोडसम्मको निर्माण कार्य गर्ने दिने व्यवस्था गर्नु निर्माण व्यवसायीहरुका लागि स्वीकार्य हुनै नसक्ने चेतावनी समेत दिएका छन्। 

उनले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ता संरक्षणका लागि त्यस्ता खालका प्रावधान ल्याउने गरेको उल्लेख गर्दै तत्काल खारेज गर्न पनि माग गरे।

महासंघले निर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत् गराउने कानुनी व्यवस्था पनि हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष सिंहले भने, ‘लाभग्राही समितिहरु त्यसका लागि उपयुक्त छैनन्। १० करोड त कुनै पनि हालतमा स्वीकार योग्य छँदैछैन। एकै करोड पनि चरम दुरुपयोग भएको छ। एक करोडको काम गर्दा पनि उपभोक्ता समितिहरु सक्षम हुँदैनन् भन्‍ने हाम्रो ठहर छ। यो हाम्रो मात्र ठहर होइन, आम नेपाली जनताको ठहर हो। तर राजनेताहरुले आफ्ना कार्यकर्ताहरुलाई संरक्षण गर्नका लागि यस्ता आयोजनाहरु लाने र त्यो चाँही बाँडेर खाने हो । महासंघ यस्ता प्रावधान तत्काल खारेज गर्न माग गर्दछ।’

महासंघले निर्माण व्यवसायीहरुले गर्नुपर्ने काम श्रम समूहमार्फत गराउन खोजेर सरकारले उनीहरुको रोजीरोटी नै खोस्‍ने प्रयास गरिरहेको भन्दै आपत्ति समेत जनाएको छ। 

महासंघले केपी ओली नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको १४ सय सडक आयोजनाहरुको ठेक्कापट्टाहरुको दायित्व फरकफारक गरेर मात्रै स्थगित गर्न पनि सरकारलाई सचेत गराएको छ। 

महासचिव रोशन दाहालले बजेटको सुनिश्चितता नभइ सो सडक आयोजनाहरुको काम अघि बढाउने सम्बन्धित निकायका पदाधिकारीहरुलाई कारबाही गर्न पनि सरकारसँग माग गरे। उनले भने, ‘अध्ययन र पूर्व तयारी नभएका १४ सय सडक आयोजनाका बजेट स्थगन गर्ने निर्णयका सन्दर्भमा ठेक्का लागि सकेका र निर्माणाधिन आयोजनाहरुको हकमा त्यस्ता ठेक्काहरुलाई दायित्व फरकफारक पारेर मात्रै खारेज गर्न उपयुक्त हुने महासंघको धारणा छ।’

महासंघले कोभिड संकटमा परेका निर्माण कम्पनीहरुलाई मूल्य अभिवृद्धि करमा छुट दिने, निःशुल्क नविकरण गर्ने लगायतका सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ।


  


प्रकाशित: September 14, 2021 | 18:49:07 काठमाडौं, मंगलबार, भदौ २९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, भदौ २९, २०७८

थप समाचार

माउन्टेनमग कफीको आउट्लेट विस्तार

प्राकृतिक सुन्दरता र हिमश्रृंखलाको अवलोकन गर्न सकिने पर्यटकीय आकर्षणको केन्द्र श्रीनगर हाइटमा तानसेनस्थित होटल श्रीनगरसगको साझेदारीमा सो आउटलेटको सुरुवात गरिएको हो।

सोमबार बजेट पारित हुने निश्‍चित

प्रतिनिधि सभाको सोमबारका लागि बोलाइएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने भएको छ।

पदयात्राको वातावरण बनाउन व्यवसायीको माग

पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउनुपर्ने पथप्रदर्शक दुर्गा राईले बताए।

मोटरहेडका बाइक नेपाली बजारमा

मोटरहेड मोटरसाइलको नेपालका लागि अधिकृत विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. (एसजी समूहको एक सहायक कम्पनी)ले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गरेर नेपालमा बिक्री गर्दै आएको छ।

बजेट बनाउने सिस्टम डरलाग्दो र योजना बनाउने प्रचलन कहालीलाग्दो रहेछ : अर्थमन्त्री शर्मा

उनले देशलाई कति सडक चाहिने हो? कुन सडक कति लेनको हुनुपर्ने हो? भन्ने विषयम कुनै मापदण्ड पालना नभएको बताए। उनले भने, ‘जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो।’

असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला

शुक्रबार यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीचको बैठकले ओज १० गतेबाट टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C