सोमबार, असोज ४, २०७८

कहिले फर्काइन्छन् काबुलमा अलपत्र परेका ३४ नेपाली?

परराष्ट्र मन्त्रालय भन्छ - यही साताभित्र उनीहरुलाई स्वेदश फर्काउने तयारी भइरहेको छ
नेपाल समय  |  काठमाडौं, सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थल पुनः सञ्‍चालनमा आएसँगै विभिन्‍न देशले अफगानिस्तानमा अलपत्र आफ्ना नागरिकहरूको उद्धारमा पहल गरिरहेका छन्। अफगानिस्तानबाट हालसम्म ९०३ नेपालीहरुको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार ३४ जना नेपालीहरु काबुल विमानस्थलमै छुटेका थिए। उनीहरुको उद्धार यही साताभित्र गर्ने जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका एक अधिकारीले भने, 'अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको छ।'

अफगानिस्तान समेत हेर्दै  नयाँ दिल्लीस्थित नेपाली दूतावास उनीहरुको सम्पर्कमा रहेको र उनीहरु काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ। निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्‍न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिकहरू फर्काउन नयाँ दिल्लीस्थित दूतावासले पहल गरिरहेको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ अन्तर्गतका विभिन्‍न निकायमा कार्यरत ४६७ नेपालीमध्ये ४२४ जना अझै त्यहीँ रहेका छन्। गत महिना अफगानिस्तानको सत्ता तालिबानले हातमा लिएपछि बिदामा आएका ४३ जना नेपालमै रोकिएका थिए।

काबुलमा अलपत्र परेका ३४ जनासहित बिदानमा नेपाल आउन चाहेका थप एक सय जनालाई नेपाल फर्काएर नेपालमा रहेका अफगानिस्तानका लागि राष्ट्रसंघमा कार्यरत ४३ नेपालीहरुलाई फिर्ता गर्ने गरि तयारी भइरहेको बताइएको छ। 

यद्पि नेपाल सरकारले भने नेपालमा रहेकाहरुलाई फर्काउनका लागि हालसम्म कुनै निर्णय गरिसकेको छैन। 

यसअघि अफगानिस्तानमा रहेका नेपालीहरूको स्वदेशफिर्तीका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासबाट समन्वय गर्न अनलाइनमार्फत लगत संकलन गर्ने लगायतको काम गरेको थियो। 

अगस्त ३१ मा अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलमा गत साताबाट सीमित अन्तराष्ट्रिय उडानहरू सुरु भएका हुन्। प्रान्तीय राजधानी कब्जा गर्दै राजधानी काबुलतर्फ तालिबान लडाकुहरू अघि बढेपछि नेपालीहरूलाई स्वदेश फर्कन सरकारले आह्वान गरेको थियो।

यो पनि


प्रकाशित: September 13, 2021 | 19:46:28 काठमाडौं, सोमबार, भदौ २८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, भदौ २८, २०७८

थप समाचार

परराष्ट्र मन्त्रालयको निर्देशनमा एनआरएनएको निर्वाचन स्थगित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन्।

कतारमा अलपत्र श्रमिकको उद्धार

हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली संघ, कतारको पहलमा उद्धार गरिएको छ।

गैरआवासीय नेपाली संघको उपाध्यक्षमा हेमराज शर्माको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

न्यूयोर्कमा बाढीका कारण एकै परीवारका तीन नेपालीको मृत्यु

न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाको कारण तीन जना नेपालीको मृत्यु भएको छ।

एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

एनआरएनए राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको दुई कार्यकाल अध्यक्ष पद सम्हालेका कुँवरले एसिया क्षेत्र उपसंयोजकको जिम्मेवारी बहन गरिसकेका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C