सोमबार, असोज ४, २०७८

ती दिन–यी दिन

मञ्जुल दाइ, मेरो छैन केही हजुरलाई गुनासो!

विवश वस्ती  |  काठमाडौं, शनिबार, भदौ २६, २०७८

विवश वस्ती

विवश वस्ती

शनिबार, भदौ २६, २०७८, काठमाडौं

नेपाल समय

१. २०५४ सालको हिउँदको कुनै मध्याह्न। थापाथलीस्थित बैंकर्स क्लबको हलभित्र प्रगतिशील सर्जकहरूका पाइला पर्दै थिए। हुँदै थियो– कुनै कार्यक्रम। हलको मुखैनेर उभिइरहेका बेला केही परबाट अग्रज स्रष्टा मञ्जुल र उहाँकी जीवनसाथी सुष्मिता नेपाल आउनुभयो। मैले हार्दिकतापूर्वक, पूर्ववर्ती दिनहरूमा जस्तै नमस्ते टक्र्याएँ। 

मलाई देखेपछि मञ्जुल दाइको शान्त भावभङ्गीमा एकाएक परिवर्तनका अद्भूत रेखा सल्बलाए। उहाँले आफूलाई आवेगको शिखर–विन्दुतिर उकाल्दै भन्नुभयो, ‘किन लेख्या मेरो विरुद्धमा जथाभावी? रामेशलाई उचालेर किन त्यस्तरी लेख्या? जे पायो, त्यही लेख्ने मु...।’

रौद्र रूप देखाउन थाल्नुभयो एकाएक। ओइराउन थाल्नुभयो, तथानाम गालीको वर्षा पनि। स्पष्टीकरण दिन खोज्दै थिएँ म। तर उहाँमा उत्पन्न आवेगको आँधीसामु मेरो स्पष्टीकरण निरीह साबित बन्न पुग्यो  के–के बक्न थाल्नुभयो। मलाई पिटुँलाझैं गर्दै अघि पनि सर्नुभयो। मैले संयमता अपनाएँ। मौनतालाई पछ्याएँ। आखिर, आफूभन्दा वरिष्ठ स्रष्टासँग सवाल–जवाफ गर्नु मेरा निम्ति अशिष्ट, अमर्यादित र नैतिकताभन्दा बाहिरको विषय हुन्थ्यो। 

मञ्जुल दाइले मलाई झम्टिनुभएको दृश्य नियाल्ने अरू स्रष्टा पनि थिए, वरपर। तर बल्दो आगोको लप्काछेउ कोही पनि पर्न चाहेनन्। अपलक त्यो दृश्य नियालिरहे। मञ्जुल दाइको रिस ओरालो लागिसकेको थिएन। थप अप्रिय परिस्थिति जन्मिने अनुमान लगाएर हुनुपर्छ, सुष्मिता भाउजूले ‘हिँड्नुस्, हजुर’ भनेर पाखुरा समाएर हलभित्र प्रवेश गराउनुभयो। 

म बेचैन रहें, त्यो दिनभर नै। पछि केही स्रष्टाले मञ्जुल दाइको व्यवहारलाई लिएर मसामु सहानुभूति पोखे र टीकाटिप्पणी पनि गरे। 

त्यो दिन मञ्जुल दाइले मतिर आक्रोशको बाछिटा पोख्नुभन्दा केही हप्तापूर्व वरिष्ठ सांस्कृतिककर्मी रामेश दाइबारे मैले ‘बुधबार’ मा सामान्य जीवनवृत्त लेखेको थिएँ। रामेश दाइले सांस्कृतिक आन्दोलनका क्रममा छिचोल्नुभएका उकाली–ओराली, भञ्ज्याङ–देउरालीका कथा बुनेको थिएँ। रामेश दाइको सांस्कृतिक जीवन–यात्राका पयोहरू बाट्दै जाँदा मञ्जुल आएनन् भने त्यो अपुरो, अधुरो र एकलकाँटे हुन्छ। नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको इतिहास पढेकाहरूले भेउ पाउने सामान्य कुरा हो यो। मञ्जुल दाइबारे रामेश दाइले गर्नुभएको टिप्पणीलाई मैले उहाँकै शब्दमा पस्किदिएको थिएँ। खासगरी, यी दुई सांस्कृतिक योद्धाबीच फाटो आउनुका कारक पक्षबारे केही शब्द उल्लेख थिए, जुन आक्षेपबाट टाढै थियो। 

रामेश–मञ्जुलबीचको सम्बन्धको पहाडलाई भूस्खलनले छियाछिया तुल्याएको कुरा फाट्टफुट्ट सुने पनि यति ठूलो र भयावह थियो होला भन्ने अनुमान गरेको थिइनँ। तर धेरै कटुतापूर्ण सम्बन्ध विकसित भइसकेको रहेछ। उहाँहरूबीच बिग्रिएको सम्बन्धको घानमा म परें– अचानक, अनावश्यक। 

त्यो समयसम्म रामेश–मञ्जुलबीच सम्बन्धको धाँजा यति चिरिइसकेको रहेछ– एकले अर्काको नामै सुन्न नचाहने। पूरै शत्रुवत् सम्बन्ध। वनकाँक्रोझैं ऐरेलु सम्बन्ध। यी दुवै योद्धाबीच ‘मनको दूरी बढेको’ करिब दशकजति नै भइसकेको रहेछ। रामेश–मञ्जुलबीचको सम्बन्धको पहाडलाई भूस्खलनले छियाछिया तुल्याएको कुरा फाट्टफुट्ट सुने पनि यति ठूलो र भयावह थियो होला भन्ने अनुमान गरेको थिइनँ। तर धेरै कटुतापूर्ण सम्बन्ध विकसित भइसकेको रहेछ। उहाँहरूबीच बिग्रिएको सम्बन्धको घानमा म परें– अचानक, अनावश्यक। 

२. कुनै कालखण्डमा रामेश–मञ्जुल मेरा निम्ति आदर्श जोडी थियो। यी दुई सत्पात्रको नाम सुन्नेबित्तिकै पृथक् ऊर्जा सल्बलाउँथ्यो, मन–मस्तिष्कभरि नै। पञ्चायतको आखिरी वर्षहरूमा रामेश–मञ्जुलको धरातलीय यथार्थ ग्रहण गरेका गीत ग्रामीण भेगका सीमान्त तप्कालाई सुनाउन पाउँदा वा आफू एक्लैले गुनगुनाएर हिँड्दा अजस्र ऊर्जा मिल्थ्यो। अझ, यी दुई पात्रले दमित, पीडित वर्गलाई जगाउन सांस्कृतिक आन्दोलनमा नित्य रूपले समय र सीप खर्चेको प्रसङ्ग सुन्दा त सम्मानले नतमस्तक हुन करै लाग्थ्यो। मिथकका तिलस्मी पात्रहरूभन्दा कम थिएनन्, यी दुई पात्र। आधुनिक प्रमिथसजस्तै लाग्थे। स्वर्गका देउताको आगो चोरेर सामान्य जनलाई बाँड्ने प्रमिथसजस्तै। पूरै दयालु र कृपालु। 

जुँगाको रेखी बस्ने–बस्ने बेलादेखि नै म मञ्जुल दाइको साहित्यलेखनसँग परिचित भइसकेको थिएँ। उहाँको काव्यकृति ‘गायक–यात्री’ का अधिकांश कविताको भाव–धरातल छिचोलिसकेको थिएँ। सरल, सरस र सुस्पष्ट भाषामा जनताका दुःखकष्ट र तिनीहरूले युगौंदेखि भोगिरहेका उत्पीडनका कथालाई मसिनो ढङ्गले काव्य–संसारमा उभ्याउने क्षमतावान् प्रतिभा लागेको थियो, मञ्जुल दाइ। ‘गायक–यात्री’ को प्रतिविम्बन त मञ्जुल दाइमै झल्किन्थ्यो। 

‘बूढाहरूलाई उसले बजाउने मीठो बाजाको सम्झना छ 

गाउँलेहरूलाई उसको गीतको सम्झना छ

बाटाहरूलाई उसको सुन्दर पाइतालाको सम्झना छ

क्षितिजलाई उसको बलियो शरीरको सम्झना छ 

घाम, जून, तारा र आकाशलाई

उसका लामालामा यात्राहरूको सम्झना छ।’

‘रहीबहादुरको आत्मकथा’ ले पनि तुल्याएको थियो, औधी नै भावविव्हल। उहाँको काव्य–लेखनको समृद्ध क्षितिज बुझेका मैले उहाँका गीतमा हेपिएका सबै वर्गका स्वर प्रतिध्वनित भएझैं लाग्थ्यो। किसानको गीत। मजदुरको गीत। बूढो माझीको गीत। अन्धाको गीत। विधवाको गीत। भोकै मर्ने महाकविको गीत। आहा! यी पङ्क्ति कति गजब लाग्थ्यो– ‘कार्यशील जिन्दगी बगिरहने नदी हो...।’

रामेश–मञ्जुलको ‘कार्यशील जिन्दगी’ को कथा सुनेका हामीलाई उहाँहरूकै पदचाप पछ्याउन पाए कस्तो हुन्थ्यो भन्ने लागिरहन्थ्यो बेला–बेलामा। २०४६ सालतिरको कुरा हो। एकदिन म र वासु (वासु क्षितिज) गाउँभन्दा माथिको अग्लो डाँडा सुतारछापतिर उक्लियौं। त्यो डाँडाको अन्तिम थलोबाट चारैतिर देखिन्थ्यो, मनमोहक दृश्य। वासु र मेरो छलफलको केन्द्रविन्दुमा रामेश–मञ्जुल उत्रियो, अचानक। ती दुई श्रद्धेय पात्रले जनतालाई जगाउँदै हिँडेका कुरा मलाई मञ्जुलकृत ‘सम्झनाका पाइलाहरू’ का पानाबाटै ज्ञात भइसकेको थियो। बीसको समापन दशकदेखि तीसको प्रारम्भिक दशकसम्म पूर्वी पहाडका गाउँबस्तीमा जनपङ्क्तिसँग भिज्दै, उनीहरूका पीरमर्कालाई उजागर गर्ने गीत रच्दै, गाउँदै हिँडेका प्रसङ्ग कम्ती उद्वेलित तुल्याउने थिएन। 

हामीले एकसूत्रीय भावुक घोषणापत्र तयार पार्‍यौं– ‘हामी पनि रामेश–मञ्जुलजस्तै जनताको गीत गाउँदै गाउँगाउँ पुग्ने।’ यस्तो घोषणापत्र तयार पारेसँगै मैले निकै टाढाका ग्रामीण बस्तीहरूतिर नियालें र ती बस्तीमा गीत गाउँदै पुग्दा कस्तो होला? भन्ने अनुमान पनि गरें। 

मैले वासुलाई रामेश–मञ्जुलका सङ्घर्षशील गीति–यात्राको कथा सुनाएँ, गायक–यात्रीको व्यथा उप्काएँ। हामी यति भावुक भएछौं कि– निकै परको गौरीशङ्कर हिमाल, शैलुङको उत्तुङ शिखर, पारिको रामेछापको पाखा–भित्ता, केही नजिकको चपौलीको डाँडा र तल एकोहोरो बगिरहेको सुनकोसीतिर नियाल्दै हामीले एकसूत्रीय भावुक घोषणापत्र तयार पार्‍यौं– ‘हामी पनि रामेश–मञ्जुलजस्तै जनताको गीत गाउँदै गाउँगाउँ पुग्ने।’ यस्तो घोषणापत्र तयार पारेसँगै मैले निकै टाढाका ग्रामीण बस्तीहरूतिर नियालें र ती बस्तीमा गीत गाउँदै पुग्दा कस्तो होला? भन्ने अनुमान पनि गरें। 

हाम्रो घोषणापत्र नेपालको राजनीतिक दलका घोषणापत्रहरूझैं गफको पुलिन्दा साबित भए। अर्थात्, हामीमा भावुक सङ्कल्प भए पनि इच्छाशक्ति भने ब्युँतिएन। कल्पना गरेजस्तो, सोचेजस्तो सजिलो कहाँ थियो र? गीति–यात्रामा निस्कन घरपरिवारको अनुमति चाहिन्थ्यो। कम्तीमा पनि दुइटा गितार त चाहिन्थ्यो। हारमोनियमका सिकारु वादक भए पनि न हामीसँग गितार थियो, न त आउँथ्यो बजाउन नै। बस्, रामेश–मञ्जुलको सार्थक र सङ्घर्षशील जीवनले हामीमा पारेको गहिरो प्रभावको प्रतिविम्बन थियो त्यो। सुतारछापको डाँडामा भावुक भएर गीति–यात्रामा सरिक हुने घोषणा भोलिपल्ट नै टुङ्गियो। 

३. नामसित परिचित भएसँगै मञ्जुल दाइलाई भेट्ने लालसा त थियो नै। सम्भव थिएन तर। उहाँको रचना–संसारको प्रशंसक र अनुयायी हुनुमा नै गर्वबोध हुन्थ्यो ममा। उहाँका गीत होस्, कविता होस् वा यात्रा–अनुभूति होस्, जे पढ्दा पनि मनभित्र गढिहाल्थ्यो। भदौरे घाम गढेजस्तै। उहाँको लेखन शिल्पको प्रशंसक बन्न मन लागिहाल्थ्यो। 

२०४९ साल चैत तेस्रो साता मेरो लेखनयात्राको खुट्किलालाई अझ माथि पुर्‍याउने आधार मिल्यो। त्यो थियो– बीबीसी नेपाली सेवाले आयोजना गरेको युवा कविता प्रतियोगिता। बीबीसी नेपाली सेवाले प्रथम पटक तीस वर्षमुनिका कविलाई प्रतियोगिताका लागि कविता आह्वान गरेको थियो। बीबीसी नेपाली सेवा नियमितजसो सुन्ने बानी परेको हुँदा कविता प्रतियोगिताको सूचना थाहा पाएको थिएँ। एक दिन मैले पनि एउटा कविता सम्प्रेषण गरें। गोरखापत्र संस्थानको संयोजनमा बीबीसीले सो प्रतियोगिता आयोजना गरेको थियो। 

तीस वर्षमुनिका तीसै जना प्रतियोगीका कविता छनोटमा परेछ। एक दिन एउटा चिठी आइपुग्यो। लेखिएको थियो– ‘तपाईंको कविता उत्कृष्ट तीसमा छनोट भएको हुँदा चैतको १७ गते काठमाडौं आइपुग्नू र गोरखापत्र संस्थानका विजय चालिसेलाई भेट्नू।’ काठमाडौं आएँ म। काठमाडौंबाहिरका कविहरूलाई पत्रकार वसन्त थापाद्वारा सञ्चालित गणबहालस्थित एक होटलमा हामीलाई तीन दिनसम्म राख्ने व्यवस्था गरिएको रहेछ। कविता प्रतियोगिता संयोजन÷सञ्चालन गर्न बीबीसी नेपाली सेवाका खगेन्द्र नेपाली काठमाडौं आउनुभएको थियो। 

स्रो दिन मैले रेडियो नेपालको स्टुडियोभित्र मञ्जुल दाइलाई देखें। जीवनमै पहिलो पटक उहाँलाई देख्दा साक्षात् देउता देखेजस्तै लाग्यो। श्रद्धा पलायो एकाएक। खुसी भएँ अधिक। अझ, पञ्चायतको बेलामा त कसैले रामेश–मञ्जुलको नाम लिँदा शिव–विष्णुको नाम लिएजस्तै लाग्थ्यो। 

हरेक दिन राति पौने ९ बजे हामीलाई रेडियो नेपालको स्टुडियोमा लगिन्थ्यो र बीबीसीबाट प्रत्यक्ष कविता प्रसारण हुन्थ्यो। पहिलो र दोस्रो दिन कवितावाचनका लागि छुट्याइएको थियो भने तेस्रो दिनचाहिँ सुरुमा केही बाँकी कवितावाचन र त्यसपछि पुरस्कृत कविताको घोषणा र पुरस्कार वितरणको कार्यक्रम राखिएको थियो। 

तेस्रो दिन मैले रेडियो नेपालको स्टुडियोभित्र मञ्जुल दाइलाई देखें। जीवनमै पहिलो पटक उहाँलाई देख्दा साक्षात् देउता देखेजस्तै लाग्यो। श्रद्धा पलायो एकाएक। खुसी भएँ अधिक। अझ, पञ्चायतको बेलामा त कसैले रामेश–मञ्जुलको नाम लिँदा शिव–विष्णुको नाम लिएजस्तै लाग्थ्यो। अर्थात्, यी दुवै स्रष्टाप्रति मेरो श्रद्धा र आस्थाको तह त्यति माथिल्लो विन्दुको थियो। कविता प्रतियोगिताको निर्णायक मण्डलमा मञ्जुल दाइसहित डा. मोहनहिमांशु थापा र रोचक घिमिरे हुनुहुँदो रहेछ। पाठ्यपुस्तकमा डा. थापाको राष्ट्रिय भावनाले भरिपूर्ण कविता पढेको हुँदा उहाँलाई प्रत्यक्ष भेट्दा झनै खुसी महसुस भइरहेको थियो। पुरस्कृत कविका नाम घोषणा गर्ने जिम्मेवारीचाहिँ मञ्जुल दाइले पाउनुभएको रहेछ। उहाँले पुरस्कृत कविहरूको नाम घोषणा गर्दै जानुभयो।

प्रतियोगितामा प्रथम पुरस्कार भीष्म उप्रेतीले पाउनुभयो भने द्वितीय पुरस्कार पाउने सौभाग्य मलाई र रमेश क्षितिजलाई मिल्यो। तृतीय पुरस्कार भने घोषणा गरिएन। अग्रज कवि केदारमान व्यथितको हातबाट पुरस्कार लिन पाउने सुऔसर पनि मिल्यो हामीलाई र पुरस्कारस्वरुप एक–एक थान डिजिटल रेडियो पायौं, जुन तत्कालीन समयमा अत्यधिक महँगो सञ्चार–औजार मानिन्थ्यो। 

पुरस्कृत भएको रात म धेरै कारणले खुसी भएँ। एक त, बीबीसीजस्तो विश्वकै नम्बर एक सञ्चारमाध्यमले आयोजना गरेको कविता प्रतियोगितामा द्वितीय पुरस्कार पाएँ। जुन पुरस्कारका लागि १२ सय कविले कविता पठाएकामा सुरुमा तीस जना छनोट गरी अन्तिममा तीन जनालाई पुरस्कृत गरिएको थियो। दोस्रो, आफूले आदर्श मान्दै आएको पात्र मञ्जुल दाइसँग प्रत्यक्ष भेट भयो र उहाँलगायतका मूल्याङ्कनकर्ताको कारण मेरो कविताले पुरस्कृत हुन पायो। तेस्रो, वरिष्ठ कवि केदारमान व्यथितबाट पुरस्कार ग्रहण गर्न पाएँ। अर्को, बीबीसी नेपाली सेवाले आफ्ना श्रोताहरूलाई पठाउने आकर्षक पोस्टकार्डमा मेरो फोटो छापिने भयो, जुन मैले जिन्दगीको कुनै पनि पल कल्पनासम्म गर्न सकेको थिइनँ। यस्ता अनगिन्ती खुसीले मलाई घप्लक्कै अँगालो मार्न आइपुगेको थियो। 

४. २०५२ साल फागुन १ गते काठमाडौं छिरें। मूलतः पत्रकारिता पेसामै रमाउने हेतुले। नेपाली राजनीतिमा बेग्लै मोड ल्याउने माओवादी जनयुद्धको शिलान्यास भएकै दिन मैले काठमाडौंतिर पाइला सोझ्याएको थिएँ। यो केवल संयोग थियो। काठमाडौं छिरेपछिका प्रारम्भिक दिनहरूमा हरेकजसो साहित्यिक सभा–गोष्ठीहरूमा पुग्ने र आफ्ना सिर्जना सुनाउने रहर जाग्थ्यो। अचेल आफ्ना सिर्जना पस्किन सजिलो भएको छ, फेसबुकमा राखिदिए पुगिहाल्यो। तत्कालीन समयमा भने आफ्ना सिर्जना सुनाउन गोष्ठीमै धाउनुपर्थ्यो। 

एक दिन लेखनाथ साहित्य सदनमा कविता–गोष्ठी आयोजना गरिएको रहेछ। पुगें म पनि। अतिथिहरूमा मञ्जुल दाइ पनि हुनुहुँदो रहेछ। मैले पूरै दुई थान गीतवाचन गरें। मञ्चमा आसीन मञ्जुल दाइले लगातार ‘वाह, वाह’ गरेर हौसला बढाइदिनुभयो। जब म मञ्चबाट गीत सुनाएर तल ओर्लिएँ, एक्कासि मञ्जुल दाइले मेरो जुँगाको प्रशंसा गर्नुभयो, सबैले सुन्ने गरी। उहाँले भन्नुभयो, ‘मलाई विवशका गीतभन्दा पनि जुँगा आकर्षक लाग्यो।’ 

त्यो बेला मेरो जुँगा केही लामा नै हुन्थ्यो। 

नव–प्रतिभालाई प्रोत्साहन गर्ने कलामा निपुण हुनुहुन्थ्यो, मञ्जुल दाइ। नव–प्रतिभाहरूलाई ‘बाबु’, ‘राजा’ जस्ता शब्द प्रयोग गरेर मख्खै पार्नुहुन्थ्यो। सबैप्रति स्नेही व्यवहार। सहयोगी भावना पनि उत्तिकै। पछिपछिका दिनमा त मञ्जुल दाइकै काव्य–शैली र लेखनलाई पछ्याउने पनि निस्किए। प्रगतिशील खेमाकाले त्यस्ता कविलाई टिप्पणी गर्दै भन्न पनि थाले, ‘मञ्जुलको कारखानामा उत्पादित कविहरू...।’ 

म पनि मञ्जुल दाइको प्रभावमा कहाँ नपरेको हुँ र? उहाँको बहुचर्चित गीत ‘नेपालीको सारङ्गीले रुँदै भन्दछ, हाम्रो देशको प्यारो कवि जेलमा बन्द छ..’ को घनीभूत प्रभावमा परेर मैले उहिल्यै कविता लेखेको थिएँ–

‘सारङ्गी आजभोलि रुन पाएको छैन

जनताको घरदैलोमा घुम्न पाएको छैन

खै, किन

किन घुम्न छाडेको छ, गाउँघरका झुपडीहरूमा

खै, किन

चुम्न छाडेको छ जनताका गीतहरूमा...।’

५. २०५४ सालमा धरानस्थित विमल स्मृति पुस्तकालयद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट वासुदेव अधिकारी र म गएका थियौं। त्यतिबेला धरानमा रहेर पत्रकारिता र साहित्य सेवामा क्रियाशील राजकुमार दिक्पालले ‘कसलाई प्रमुख अतिथि बनाउने?’ भनेर मलाई सोध्दा मैले वासुदेवजीको नाम लिएको थिएँ। 

कार्यक्रममा कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो। म पनि प्रतियोगी थिएँ। तर मेरो कविताले कुनै पुरस्कार पाएन। धरान आसपासकै कविहरू पुरस्कृत भए। मूल्याङ्कनकर्ताहरू पनि धरानकै रैथाने थिए। पछि त्यही कविता ‘गरिमा’ मा छापियो।

कुन्ता दिदी यति आक्रोशित हुनुहुन्थ्यो कि– घरमै रहेका कान्छा छोरालाई हामीसामु उभ्याएर भन्नुभयो, ‘हेर्नुस् यसको अनुहार मञ्जुलसँग मिल्दैन? ठ्याक्कै मिल्छ। तर मञ्जुलले यो मेरो छोरा नै होइन भनेर मसँग सम्बन्ध टुटाए। मञ्जुलजति कृतघ्न मान्छे मैले संसारमा अहिलेसम्म देखेको छैन।’

धरानमा पाइला टेकेको बेला कुन्ता शर्माकहाँ नजाने प्रश्नै रहँदैनथ्यो। एक बिहान वासुदेवजी र म कुन्ता दिदीको घरठेगाना पहिल्याउँदै गयौं। त्यो बेला धरानमा काठे–घरहरूकै बाहुल्य थियो। कुन्ता दिदीको काठे–घरमा हामी बिहान सशरीर उपस्थित भयौं। धेरै समयसम्म विभिन्न कुराकानी भए। मञ्जुल दाइसँग सम्बन्ध टुटेको दशकभन्दा बढी भइसके पनि उहाँमा मञ्जुलप्रतिको आक्रोशको सतह भने अझै घटिसकेको रहेनछ। उहाँले पटकपटक मञ्जुल दाइको बदख्वाइँ गर्नमा नै समय खर्चिनुभयो। 

कुन्ता दिदी यति आक्रोशित हुनुहुन्थ्यो कि– घरमै रहेका कान्छा छोरालाई हामीसामु उभ्याएर भन्नुभयो, ‘हेर्नुस् यसको अनुहार मञ्जुलसँग मिल्दैन? ठ्याक्कै मिल्छ। तर मञ्जुलले यो मेरो छोरा नै होइन भनेर मसँग सम्बन्ध टुटाए। मञ्जुलजति कृतघ्न मान्छे मैले संसारमा अहिलेसम्म देखेको छैन।’

मञ्जुल दाइ र कुन्ता दिदीबीचको पारिवारिक टसलमा हामीलाई कुनै लिनुदिनु थिएन। तर मैले आदर्श ठानेको मञ्जुल दाइको घरपरिवारभित्रका सूक्ष्म पक्षबारे त्यो दिन जानकारी भयो। कुन्ता दिदीको आक्रोशको धरातल पहिल्याउँदै जाँदा मञ्जुल दाइले नै कतै गलत पदचिह्न पछ्याउनुभएको त थिएन भन्ने पनि लाग्यो। 

तर मञ्जुल दाइमा आफ्नै पङ्क्तिका, अझ आफ्नो दुःख र सङ्घर्षका बेला हातेमालो गर्ने पात्रहरूप्रति कुभावना पलाउँदै गएका केही दृष्टान्त बिस्तारै थाहा हुँदै गयो। चालीसको मध्यदशकमा प्रकाशित ‘सम्झनाका पाइलाहरू’ मा उहाँले रामेशप्रति यस्तो लेख्नुभएको थियो, ‘सहरको अमिलो जिन्दगीदेखि वास्तवमा एकदमै वाक्किइसकेको थिएँ म। बितेको सालको केही महिना रामेश र म पूर्वी पहाडका विभिन्न गाउँ–बजारमा गीत गाउँदैगाउँदै जो हिँडेका थियौं, त्यस गीति भ्रमणले मेरो हृदयमा ठूलो छाप छाडेको थियो। मलाई राम्ररी थाहा भइसकेको थियो, राष्ट्रबैंकको उपेक्षित कुर्सीमा बस्नु भन्दा मेरो उपस्थिति गाउँ ठाउँका त्यस्तै सोझा साझा जनताहरूको माझ धेरै महत्त्वपूर्ण र उपयोगी छ।’

करिब अढाई दशकपछि रामेशप्रतिको मूल्याङ्कनमा आकाश–पातालकै अन्तर देखियो। मञ्जुल दाइको जीवनवृत्तान्त ‘पहाडजस्तो, बाटोजस्तो म’ मा उहाँ रामेशलाई यसरी बुझ्नुहुन्छ, ‘म त्यहाँ पुगेपछि उसले त्यो स्टोभ निभायो। सेक्दै गरेको रोटी र पिठोलाई एकातिर तह लगायो। हामीले खुसी भएर एकछिन कुरा गर्‍यौं। म उनीसँग बिदा भएर निस्कन लाग्दा लाग्छ, साँझ पर्न लागेको थियो। मैले उसलाई होटलमा गएर मिठो खाना खान पुग्ने पैसा दिएँ। ...अब हामी पहिलाभन्दा बढी खुलेका थियौं। जब म उसलाई होटलमा सँगै खाना खान जान अनुरोध गर्थें, ऊ अप्ठेरो मान्दैनथ्यो। उसलाई होटलमा लगेर खाना खुवाएको मलाई राम्रो याद छ। उसलाई बेलाबेला त्यसरी खाना खुवाउन पाउँदा मलाई एकदमै आनन्द लाग्थ्यो।’ 

६. अचेल मञ्जुल दाइसँग भेट हुँदैन। पातलियो पूरै। पटक–पटक वामपन्थीको सरकार बनेपछि उहाँका समकालीनहरूले थुप्रै फाइदा लिए। उहाँका चेलाचपेटाहरू कोही मन्त्री बने, कोही सांसद, कोही सांस्कृतिक मोर्चाकै जिम्मेवारीमा पुगे। तर मञ्जुल दाइले भने पछिल्लो समय नेपाल नाट्य–सङ्गीत प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्मा मौका पाए बल्ल। एक हिसाबले, यो उहाँप्रतिको सम्मान नभएर उहाँको गौरवशाली उचाइप्रतिको अपमान थियो। उहाँको अवमूल्यन थियो। राज्य सञ्चालकहरूमा व्याप्त ‘मञ्जुलले केही पाएनन्, त्यही प्राज्ञ परिषद् भए पनि दिऊँ न त’ भन्ने मनोग्रन्थीको सल्बल्याहटको उपज थियो। 

धेरै भो, मञ्जुल दाइ तपाईंलाई नभेटेको पनि। एक पटक भेट्ने मन छ। ‘गायक–यात्री’ को गीत गुन्गुनमाउने मन छ। तपाईं र रामेश दाइ मिलेर जनतालाई जगाएको पुराना समय सम्झेर अभिवादन गर्ने मन छ। कोसीछेउ उभ्भिएको बूढो सिमलको रूखझैं वृद्ध माझीको कथा सुन्ने मन छ। अतः जीवन–यात्रामा भेटिने पात्रहरूप्रति केही तिता–मीठा सम्बन्ध हुन्छन् नै। त्यस्तै सम्बन्ध रह्यो, तपाईंसँग पनि। तर तपाईंप्रति कुनै विद्वेष–भाव छैन ममा। गायिका देविका प्रधानले गाएजस्तै, ‘मेरो छैन केही हजुरलाई गुनासो...।’



प्रकाशित: September 11, 2021 | 08:15:44 काठमाडौं, शनिबार, भदौ २६, २०७८
विवश वस्ती

विवश वस्ती

काठमाडौं, शनिबार, भदौ २६, २०७८

थप समाचार

'बर्ड वाचिङ' मा कीर्तिमान बनाएकी फिबीको प्रेरणादायी कथा

आफ्नो पुस्तक ‘बर्डिङ अन अ बरौड टाइम’ मा उनले चराप्रतिको लगावलाई क्यान्सरको मृत्यु चेतावनीबाट भएको बताएकी छन्। ‘मान्छेका लागि बर्डिङ धेरै कुरा हुन सक्छ तर मेरा लागि भने यो जीवनमरणको कुरा थियो,’ उनले भनेकी छन्।

डब्लूटीओबाट नेपाल अलग हुनै सक्दैन

साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।

सामाजिक छैनन् सामाजिक सञ्जाल

अनगिन्ती समस्याको जडका रुपमा सामाजिक सञ्जाललाई लिइए तापनि यसको उपयोग गरेमा फाइदैफाइदा पनि त छन्। डिजिटल दुनियाँ भएकाले यसकै माध्यमबाट व्यापार, व्यवसाय तथा दैनिक जीवनलाई सहजीकरण गर्नेहरु पनि छन्। कैयौं छुटेका सम्बन्ध जोडिएका पनि छन्।

नारीलाई 'नछुने' भन्नु नै पाखण्ड

चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा स्पर्शको दोष लाग्ने कुरा गरेको पाइँदैन।

पुस्तकालय चहार्दाका ती दिन

नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो। साक्षात् शारदाको प्रति देख्दा म पुलकित भएँ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C